८ बैशाख २०८१, शनिबार
Follow Us

यस्तो हुनेछ आजको मौसम

नेपालब्रिटेन डट कम्
१६ फाल्गुन २०७५, बिहीबार ०२:२८

काठमाडौं– आज दिउँसो देशको पूर्वी तथा मध्य भूभागमा सामान्य बदली रही पश्चिमी पहाडी भूभागमा आंसिक देखि सामान्य बदली रहने छ ।
बाँकी भूभागमा आंसिक बदली रहने महाशाखाले जनाएको छ ।
देशको पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च हिमाली भु–भागहरूमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।