१२ बैशाख २०८१, बुधबार
Follow Us

शाहाज्यादा पारसलाई चुनौती दिने चर्चित विद्यार्थी नेता

नेपालब्रिटेन डट कम्
१६ फाल्गुन २०७५, बिहीबार ०२:३२

काठमाडौं– दुई दशकभन्दा बढी समय विद्यार्थी आन्दोलनमा बिताएका रवीन्द्र अधिकारी तत्कालीन शाहाज्यादा पारस शाहलाई चुनौती दिएर चर्चामा रहे । शाहको गाडीले ठक्कर दिएर संगीतकार प्रवीण गुरुङको मृत्यु भएपछि उनलाई कारबाहीको माग गर्दै रवीन्द्रको नेतृत्वमा ५ लाख २३ हजार हस्ताक्षर संकलन गरेर राजदरबारमा बुझाइएको थियो ।

त्यस्तै, बहुचर्चित ‘कालापानी मार्च’को समेत नेतृत्व गर्दै अधिकारीले लक्ष्मणपुर बाँधको विरोधमा सीमा सुरक्षा अभियान चलाएका थिए । यातायातलगायत सार्वजनिक क्षेत्रमा विद्यार्थीलाई ३३ प्रतिशत सहुलियत दिने आन्दोलनको अगुवाइ पनि उनैले गरेका थिए ।
उनै रवीन्द्र अधिकारीको ताप्लेजुङको फुङलिङ नगरपालिका–१० सिस्नेखोलानजिक हेलिकोप्टर दुर्घटना हुँदानिधन भएको खबर आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।