१५ चैत्र २०८०, बिहीबार
Follow Us

७ नं प्रदेशमा नयाँ जलविद्युत आयोजना निर्माणको सम्झौता सम्पन्न

sarusaru
१६ फाल्गुन २०७५, बिहीबार ०५:२९

नेपाल विद्युत प्राधिकरण र अपि पावर कम्पनी लि. बीच ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको छ । सो सम्झौतामा ने.वि.प्रा का तर्फबाट कार्यकारी निर्देशक श्री कुलमान घिसिङ र कम्पनीका तर्फबाट कार्यकारी सञ्चालक संजिव न्यौपानेले हस्ताक्षर गर्नु भएको छ ।
प्रदेश न. ७ को दुर्गम जिल्ला दार्चुलामा कम्पनीले निर्माण गर्न लागेका योे अपर चमेलिया जलविद्युत आयोजना तेस्रो हो । यस अघि कम्पनीले ८.५ मे.वा. क्षमताको नौगाड गाढ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विगत ३ बर्ष देखि निरन्तर रुपमा राष्ट्रिय ग्रीड प्रणाली विद्युत प्रवाह गर्दै आएको छ ।
कम्पनीले निर्माण गरिरहेको दोस्रो आयोजना अपर नौगाढ गाड जलविद्युत आयोजना(८.०)को निमाणर््ा पुरा गरि आगामी चैत मसान्त भित्र विद्युत उत्पादन शुरु हुनेछ । कम्पनीले सम्पन्न गरेका आयोजनाहरु नेपाल विद्युत प्राधिकरणले निर्माण सम्पन्न गरेको अत्तरिया–बलाँच १३२ के.भि.डवल सर्किट ट्रान्समिसन लाइनमा जडान गरिनेछ ।
यो अपर चमेलिया जलविद्युत आयोजनाबाट (४० मेगावाट) बार्षिक २६.४१ करोड युनिट विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत मध्ये ३३ प्रतिशत हिउँदाका ६ महिनाहरुमा र बाँकी ६७ प्रतिशत बर्षात महिनाहरुमा उत्पादन हुनेछ । यो आयोजना “त्बपभ यच एबथ” मा आधारित छ । कम्पनीले उत्पादन अनुमति प्राप्त गरि २०७६ सालबाट निर्माण सुरु गरी ३ बर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोछ ।
अहिले देशमा निर्माणाधिन अधिकांश जलविद्युत आयोजनाहरु ट्रान्समिशनलाईनको अभावले समस्याग्रस्त बन्दै गएका छन । सुदुरपश्चिममा नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको १३२ के.भि. डबल सर्किट ट्रान्समिसन लाइनमा जडान हुने भएकोले विद्युत प्रवाहको कुनै समस्या नरहेको कम्पनीका कार्यकारी संचालक श्री सञ्जीव न्यौपानेले बताउनु भयो । यो आयोजनाको निर्माण पश्चात् प्रदेश नं. ७ मा विद्युत आपुर्ती बढ्न गई भारतबाट विद्युत आयात गर्नु पर्ने अवस्थाको अन्त्य हुनेछ ।
यो आयोजनामा नेपाल विद्युत प्राधिकरणद्वारा निर्माण गरिएको बहुर्चचित चमेलिया जलविद्युत आयोजनाको विद्युत गृह भन्दा १५ किलोमिटर माथि अवस्थित छ । दुर्गम जिल्लामा निर्माण हुने यस आयोजनाको लागत प्रति मेगावाट १८ करोडको हिसाबले आयोजनाको कुल लागत ७२० करोड लाग्ने अनुमान छ ।