February 23, 2020

प्रचण्ड पुग्दा मन्त्री अधिकारीको परिवारमा रुवाबासी

  28th February 2019 मा प्रकाशित

काठमाडौं– नेकपा अध्यक्ष प्रचण्डले ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको परिवारलाई भेटेर समवेदन प्रकट गरेका छन् ।

प्रचण्डले आज बिहान हरिहर भवनस्थित मन्त्री क्वार्टर पुगेर दिवंगत मन्त्री रवीन्द्रका बुबा, आमा र श्रीमतीभेटी समवेदना प्रकट गरेका हुन् ।
मन्त्री अधिकारीको क्वार्टमा प्रचण्ड पुग्दा परिवार र आफन्त शोकाकुल रहेका थिए ।
त्यसैगरी व्यवसायी आङछिरिङ शेर्पा, नेपाल उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ, नेपाल सरकारका उपसचिव युवराज दाहालको परिवारजनलाई पनि भेटेर समवेदना प्रकट गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया