८ बैशाख २०८१, शनिबार
Follow Us

एकाएक स्थगित भयो श्रद्धाञ्जली कार्यक्रम

sarusaru
१६ फाल्गुन २०७५, बिहीबार ११:३६

ताप्लेजुङको तारेभीरमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनाको शव श्रद्धाञ्जलीका लागि भोलि टुँडिखेलमा राखिने भएको छ । आज पोस्टमार्टनको रिपोर्ट आउन ढिलाई हुने भएपनि आजको लागि तय भएको कार्यक्रम भोलि बिहान ८ देखि ११ बजेसम्म्को लागि तय भएको महानगरीय बृत्त महाराजगन्जका डीएसपी फणिन्द्र प्रसाईले जानकारी दिए । अहिले पोर्टमार्टमका लागि सातै जनाको शव टिचिङ अस्पतालमा राखिएको छ ।

बिहीबार मौसममा सुधार आएसँगै मन्त्री अधिकारीसहित सातै जनाको शव नेपाली सेनाको हेलिकप्टरबाट अपरान्ह १ बजेर २५ मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याइएको थियो ।