१२ बैशाख २०८१, बुधबार
Follow Us

‘प्रदीप पौडेलदेखि चन्द्र भण्डारीसम्मले यसरी सम्झिए रवीन्द्रलाई’

नेपालब्रिटेन डट कम्
१६ फाल्गुन २०७५, बिहीबार १४:०९

पर्यटनमन्त्री तथा नेकपा नेता रवीन्द्र अधिकारीको निधनलाई लिएर उनको समकक्षी नेताहरुले यसरी सम्झिएका छन्ः

शंकर पोखरेल

 


लुम्बिनि अन्तराष्ट्रिय विमानस्थललाई सुधार गर्ने, गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थललाई समयमै सम्पन्न गर्ने र पोखरा अन्तराष्ट्रिय विमानस्थललाई अघि बढाउने जस्ता महत्वपूर्ण कामहरु उहाँका प्रमुख विषयहरु थिए । भिजिट नेपाल २०२० लाई महत्वपूर्ण पक्ष बनाएर उहाँ अघि बढ्ने कोसिस गरिरहनु भएको थियो । त्यसमा एउटा महत्वकांक्षि लक्ष्य पनि थियो । नेपालको पर्यटनलाई दोब्बर गर्ने लक्ष्यका साथ उहाँ अगाडि बढ्नु भएको थियो । त्यस अर्थमा यो दुर्घटनामा ठूलो क्षति पुगेको छ ।
नेपाल सरकारले एकजना सक्षम मन्त्री मात्र गुमाएको छैन । भविष्यको एउटा सम्भवनाको नेता पनि गुमाएको छ । त्यस अर्थमा यो पार्टीमा ठूलो क्षति पुगेको छ ।

माननिय सांसद डा. सूर्य पाठक

अग्नि सापकोटा

रवीन्द्र अधिकारी राजनीतिक नेताका साथै कुशल व्यक्तित्व पनि हुनुहुन्थ्यो । उहाँले पर्यटनमन्त्रीको रुपमा एक वर्षको अवधिमा पर्यटन क्षेत्रको सुधारको लागि एउटा राम्रो आधारशिला तयार गर्नभएको थियो । एक खालको नतिजा पनि हासिल गरिसक्नु भएको थियो । यसबाट देशले होनहार नेताका साथै एउटा कुशल र दूरदर्शी नेता हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रले गुमाएको छ । विद्यार्थी राजनीतिमा होस् या पार्टीको जिम्मेवारीमा किन नहोस् उहाँ जीवनको अन्तिम घडीसम्म जनता र संगठनकै लागि सक्रिय रहनुभयो । हामी उहाँको योगदानको भूमिकाको सँधै स्मरण गरिरहनेछौं ।

चन्द्र भण्डारी


अधिकारीजी र मलगायत हामी धेरै साथीहरु मिलेर विद्यार्थीकालमा राजनीतिक र प्रजातान्त्रिक आन्दोलनमा सँगै काम गर्यौ । रवीन्द्र एउटा अनुशासित मर्यादित र शिष्ट व्यक्तित्व हुनुहुनन्थ्यो । व्यक्तिगत रुपमा उहाँले मलाई सँधै दाजु भनेर सम्बोधन गर्नुहुन्थ्यो । फरक मतमा पनि हाम्रो मन एउटै थियो । संविधान निर्माणमा, राष्ट्रलाई हेर्ने दृष्टिकोणमा, समाजलाई हेर्ने दृष्टिकोणमा, जनतालाई हेर्ने दृष्टिकोण र भोलिका नेपाल कस्तो बनाउने भन्ने विषमया हामी विभिन्न मतमा विभाजित भएपनि उहाँ असल, सज्जन र अनुशासित र शिष्ट हुनुहुन्थ्यो ।
रवीन्द्र एउटा गाउँबाट आएर मेहनत गरेर कुनैपनि चिजमा विचलित नभईकन युवाहरुको पनि नेतृत्व गर्न सक्ने, प्रौढहरुको पनि नेतृत्व गर्न सक्ने विलक्षण प्रतिभा र आफूलाई अहिलेको तडकभडकमा पनि आफूलाई शालिनतापूर्वक प्रस्तुत गर्न सक्ने क्षमता भएका व्यक्ति हुन् । र, आफूलाई दिएको जिम्मेवारी कूलतापूर्वक निर्वाह गर्ने गरेको मैले पाएको छु । पर्यटनमन्त्रीकै रुपमा उहाँले आफ्नो कार्यक्षेत्रमा रहेका एयरपोर्टहरु कहाँ चलेका छन्, कसरी चलेका छन् भन्ने बुझ्ुन आफैं दौडधूप गनुहुन्थ्यो । त्यो भनेको उहाँको जिम्मेवारी पन हो । जिम्मेवारी लिएर जिम्मेवारी पूरा नगर्नेहरुको बाहुल्यता भएको अवस्थामा आफ्नो जिम्मेवारी निभाउनु पर्छ भन्ने उहाँमा सोच थियो । कुनै पदमा पुगिसकेपनि कमीकमीजोरी पनि हुन्छन् । औंला पनि ठडिन्छन् । सबै कुराहरुलाई उहाँले हासेर दिनुहुन्थ्यो । सबै कुरामा उहाँ शालिनतापूर्वक जिम्मेवारी निभाउनु भएको छ । उनी एक सम्झनालायक नेताका रुपमा मैले लिएको छु ।

प्रदीप पौडेल


रवीन्द्र अधिकारी धेरै सम्भावना बोकेको एक नेता हुनुहुन्थ्यो । मलाई लाग्छ त्यो उमेरमा नेपालको राजनीतिमा उहाँ जुन भूमिकामा पुग्नु भयो त्यसले उहाँले देशका लागि गर्न सक्ने प्रशस्त सम्भावना र प्रशस्त ठाउँ बनेको थियो । तर उहाँ अल्पायूमै जानु भयो । उहाँको स्वाभाव अत्यन्तै सरल खालको थियो, उहाँ एक मध्यमवर्गीय किसान परिवारबाट उठेर यहाँसम्म आइपुग्नु भएको थियो जुन हाम्रा लागि पनि प्रेरणा बनेको थियो । उहाँ सबैसँग मिठो बोल्ने, सबैसँग सरल व्यवहार गर्ने मान्छे हुनुहुन्थ्यो । विशेषगरी विद्यार्थी आन्दोलनको नेतृत्व गर्दा हामी पनि उहाँसँगसँगै हिँड्यौं । हामी फरक संगठन र विचारका हौं तर पनि हामीलाई कहिल्यै त्यस्तो अनुभव हुँदैनथ्यो । व्यक्तिगत रुपमा पनि उहाँ अन्यन्तै मिलनसार व्यक्ति हुनुहुन्थ्यो । विद्यार्थी राजनीतिमा उहाँको नेतृत्व हुँदा केही उपलब्धीहरु हाँसिल भएका छन् । प्रवीण गुरुङको द्धटनामा उहाँले जुन साहस देखाउनु भयो त्यो एकदमै ठूलो कुरा थियो । विद्यार्थीलाई ३३ प्रतिशत सहुलियतको विषय पहिले नै आएको थियो तर त्यसलाई कार्यान्वयन गराउन उहाँको एकदमै सक्रियता रहेको जस्तो लाग्छ । उहाँ तीन पटकसम्म लगातार जनप्रतिनिधि निर्वाचित बन्नुभयो । विशेगरी गण्डकी प्रदेश क्षेत्रमा उहाँलाई एउटा आइडल व्यक्तित्वको रुपमा हेरिन्छ । यस्ता व्यक्तिलाई हामीले गुमायौं हामी सँगै रहँन सकेनौं यो अत्यन्त दुखको कुरा हो ।