१६ चैत्र २०८०, शुक्रबार
Follow Us

स्व–अध्ययन किन ?

नेपालब्रिटेन डट कम्
१६ फाल्गुन २०७५, बिहीबार १४:२६

शरीरलाई स्वस्थ र सुदृढ बनाउन जसरी पौष्टिक आहारको जरुरत पर्दछ त्यसैगरी मन र बुद्धिलाई स्वच्छ र स्वस्थ बनाउन सकारात्मक पुस्तकहरुको अध्ययन अनिवार्य हुन्छ । असल पुस्तकहरुको अध्ययनले हाम्रो आत्माभित्र रहेको सुसुप्त शक्तिहरुको जागरण हुँदै जान्छ । जसले गर्दानै हाम्रो जीवन सरल समुन्नत र सहज बन्दछ ।
सतपथ ब्राह्मण – धनधान्य सम्पन्न धर्ती दानगर्ने दातालाई जति पुण्य मिल्दछ त्यो भन्दा तीन गुणा बढी पुण्यलाभ स्व अध्ययनशील ब्यक्तिले पाउदछ ।
महर्षि ब्यास – स्व अध्ययनको साधना गर्ने साधकले नै परमात्मा संग साक्षात्कार गर्दछ ।
महाभात शान्तिपर्व – नित्य नियमित स्व अध्ययन गर्ने व्यक्तिले दुःखबाट पार पाउदछ ।
गीता १७÷१५ – स्व अध्ययन गर्नु नै प्राणLहरुको तप हो ।
महात्मा गान्धी – श्रेष्ठ पुस्तकको मुल्य मणिरत्न भन्दा बढी हुन्छ । किनकि मणिरत्नले बाहिरी आवरणमा चमक दिन्छ तर श्रेष्ठ पुस्तकहरुले अन्तः करणलाई प्रज्वलित गर्दछ । पुस्तक भनेको जिउदो जाग्दो देव दर्शन हो । जसको सेवा साधना द्वारा तुरन्त बरदान पाउन सकिन्छ ।
बार्थोलिन – बिना पुस्तक ईश्वर पनि मौन हुन्छन् । न्याय निदाउँछ । प्रकृति र विज्ञान स्तब्ध हुन्छ , दर्शन लंगडो हुन्छ , शब्द लाटो हुन्छ , संसारका सबै बस्तुहरु पूर्ण अन्धकारमय हुन्छन् ।
मेकाले – महान लेखक पाठकको मित्र र सुभचिन्तक हो ।
गिब्बन – सत्साहित्य भनेको त्यस्तो उत्कृष्ट दर्पण हो जसद्वारा सन्तपुरुष एवं स्रष्टाहरुको मस्तिष्कको परावर्तन हाम्रो मस्तिष्कमा हुन्छ ।
सिसेल – साहित्यको अध्ययनले नब युवा युवतीहरुको पालन पोषण हुन्छ , बृद्धहरुलाई मनोरञ्जन दिन्छ, उन्नतीको पृष्ठपोषण गर्दछ । कठिनाईहरुमा धैर्यता दिन्छ , घर परिवारमा प्रसन्नता उत्पन्न गर्दछ र पाठकलाई विनम्र बनाउछ ।
रविन्द्रनाथ टैगोर – असल पुस्तकबाट मनुष्यलाई आफ्नै अन्तरमनको परिचय प्राप्त हुन्छ ।
विनाभा भावे – जसद्वारा जनताको चित्त शुद्धि हुन्छ त्यो नै उत्तम साहित्य हो ।
पुस्तक वा ग्रन्थप्रेमी व्यक्तिलाई कहिल्यै पनि दयालु, हितैषी, उपदेशक, तथा विनोदी साथीभाईहरुको कमि हुदैन ।
पढलेख गरेर त्यसलाई कार्य रुपमा रुपान्तरण नगर्नु जमिन खनजोत गरेर त्यसमा बिउ नराख्नु जस्तै हो ।
लोकमान्य तिलक–यदि मसंग असल पुस्तकहरु छन् भने म नर्कलाई पनि स्वर्ग बनाईदिन सक्छु ।
शास्त्रको निर्देशन
सत्यबोल , धर्मको आचरण गर स्व–अध्ययन गर्नमा अल्छि नगर । यो निर्देशन अनुसार सत्य र धर्मको बराबर स्व अध्ययनलाई पनि महत्व दिइएको छ ।
वेदमूर्ति तपोनिष्ठ पं. श्रीरामशर्मा आचार्य भन्नुहुन्छ कि –
उपयोगी पुस्तकहरुको अध्ययन जस्तो श्रेष्ठ र चिरस्थायी मनोरञ्जन अर्को छदै छैन ।
कम खर्चिलो अत्यधिक लाभदायक एवं आनन्द प्रदायक, मनोरञ्जन सत्साहित्यको अध्ययन हो ।
साहित्य सिर्जनाको प्रतीक हो भने , फोहर राजनिती विद्ध्वंश हो , एक सफल राजनितिज्ञ जीवनभर अथवा अर्ध सताब्दिमा जे जति जनकल्याण गर्न सक्ला त्यसको सयौ गुणा बढी जनकल्याण एउटा साधारण साहित्यकार आफ्नो रचनाको एक पंक्तिले गराउन सक्दछ । साहित्यको सिर्जनालाई दुनियामा कसैले मेटाउन सक्दैन ।
असल पुस्तक जीवन्त देव प्रतिमा हो । जसबाट तत्काल उल्हास, ज्ञान र समाधान प्राप्त हुन्छ ।