१४ बैशाख २०८१, शुक्रबार
Follow Us

इराकमा नेपाली युवती २ हजार डलरमा ‘किनबेच’ हुने गरेकाे खुलासा

नेपालब्रिटेन डट कम्
१७ फाल्गुन २०७५, शुक्रबार ०१:५७

काठमाडौं–इराकमा २ हजार डलरमा नेपाली युवती ‘किनबेच’ हुने गरेको खुलेको छ । नेपाली युवती इराक लगेर बिक्री गर्ने दम्पतीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले पक्राउ गरेपछि घटना बाहिरिएको हो ।

पक्राउ परेका नारायण बस्नेत र उनकी श्रीमती लक्ष्मीले नेपाली युवतीलाई इराक लगेर २ हजार डलरमा बिक्री गरेको प्रहरीले जनाएको छ । सिआइबीका प्रवक्ता एसपी उमाप्रसाद चतुर्वेदीका अनुसार लक्ष्मी नेपालमै बसेर इराक जाने युवती खोज्ने र श्रीमान् नारायण नयाँदिल्लीमा बसेर सेटिङ मिलाउने काम गर्थे ।

बस्नेतदम्पतीको गिरोहमा अन्य व्यक्ति पनि रहेको र उनीहरू फरार रहेको प्रहरीले जनाएको छ । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।