१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नक्कली बिहे गराएर युरोप मावन तस्करी

नेपालब्रिटेन डट कम्
१७ फाल्गुन २०७५, शुक्रबार ०२:०७

काठमाडौँ — जर्मन प्रहरीले भारतीय र नेपाली मानव तस्करीको संगठित गिरोहका पाँच सदस्यलाई पक्राउ गरेको छ । त्यहाँको म्युनिखस्थित संघीय प्रहरीले युरोपेली नागरिकसँग नक्कली बिहे गराएर तस्करी धन्दा चलाउने समूहको पहिचान गर्न रोमानिया, पोल्यान्ड र डेनमार्क प्रहरीसँग मिलेर अप्रेसन सुरु गरेको थियो ।

भारतीय अनलाइन पोर्टल फस्ट पोस्ट र हिन्दुस्तान टाइम्सका अनुसार प्रहरीको ‘कोभर्ट अप्रेसन’मा युरोपको आवासीय अनुमति पाउन भारतीय र नेपालीले युरोपेलीहरूसँग नक्कली बिहे गर्ने र कागजात हात पार्ने गरेको देखिन्छ ।

अहिले जर्मनीकेन्द्रित रहे पनि अनुसन्धान युरोपका अन्य देशमा पनि विस्तार गरिने प्रहरीले जनाएको छ । अहिलेसम्म १२ हजार युरो अर्थात् १५ लाख रुपैयाँभन्दा धेरै बुझाइ करिब २ सय नेपाली र भारतीयले नक्कली बिहेमार्फत युरोपको आवास अनुमति लिएको म्युनिखस्थित संघीय प्रहरी निर्देशनालयलाई उद्धृत गर्दै फस्ट पोस्टले लेखेको छ । विगतका प्रमाणका आधारमा प्रहरीले थालेको सामूहिक अनुसन्धानले युरोपमानेपाली र भारतीय मानव तस्कर समूहले वर्षौंदेखि यस्तो धन्दाचलाएको देखिन्छ ।

युरोपको आवासीय अनुमति पाउन नक्कली बिहे गर्नेहरूलाई सम्बन्धित देशले निकाला गर्न सक्छ । प्रहरीले संगठित मानव तस्करीका अलावा यस्तो गैरकानुनी धन्दाबाट फाइदा लिइरहेका आप्रवासीमाथि समेत निगरानी बढाइएको जनाएको छ । जर्मन प्रहरीका अनुसार तस्करको फन्दामा पर्नेहरूमा अधबैंसे महिला र पुरुष छन् । कान्तिपुर दैनिकमा खबर छ ।