१५ बैशाख २०८१, शनिबार
Follow Us

सेनाका जमदार घिमिरेको परिवारलाई प्रधानसेनापतिले भेटे

नेपालब्रिटेन डट कम्
१७ फाल्गुन २०७५, शुक्रबार १६:०५

काठमाडौं – बुधबार भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका नेपाली सेनाका जमदार अर्जुन घिमिरेको शोकसन्तप्त परिवारलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले भेटेका छन् ।
थापाले जमदार घिमिरेको निवासमा पुगेर परिवारलाई भेटेका हुन् । भेटमा सेनापति थापाले स्वर्गीय घिमिरेको परिवारलाई समवेदना प्रकट गरेका थिए । सो क्रममा थापाले घिमिरेको परिवारलाई सान्त्वना दिँदै यो दुखको घडीमा सेना साथमा रहेको भन्दै आवश्यक सहयोग गर्ने आवश्वासन दिएका थिए ।

बुधबार ताप्लेजुङको तारेभीरमा भएको एयर डाइनेस्टीको हेलिप्कोटर दुर्घटनामा हुँदा पर्यटनमन्त्री रवीन्द्र अधिकारी, यति एयरलाईन्सका प्रबन्ध निर्देशक, आङछिरिङ शेर्पा, नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ र निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी समेतको मृत्यु भएको थियो । घिमिरे मन्त्री अधिकारीको अंग रक्षक हुन् ।