१३ बैशाख २०८१, बिहीबार
Follow Us

दार्चुलामा जीप दुर्घटना, ११ जनाको मृत्यु

नेपालब्रिटेन डट कम्
१७ फाल्गुन २०७५, शुक्रबार १६:३७

काठमाडौं– दार्चुलाको दुहुँ गाउँपालिकाको राताकाठा भन्ने स्थानमा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । म.१ ज २८० नम्बरको जिप दुर्घटना हुँदा ११ जना यात्रुको घट्नास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र कठायतका अनुसार मृत्यु हुनेमा सात महिला, तीन पुरुष र एक बालिका रहेका छन् । मृतकको सनाखत हुन सकेको छैन ।

जीप सडकबाट ५०० मिटर तल महाकाली नदीमा खसेको छ ।

जीप राती ८ बजेतिर दुर्घटना भएको हो ।