१६ चैत्र २०८०, शुक्रबार
Follow Us

छोराहरुसँगै श्रीमानको पार्थिव शरीरमा विद्याले दिइन् दागबत्ती

नेपालब्रिटेन डट कम्
१७ फाल्गुन २०७५, शुक्रबार १७:४३

पोखरा– हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको रामघाटमा आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, पुत्रद्वय विराज र स्वराजले दागबत्ती दिए ।

दिवङ्गत अधिकारीप्रति नेपाली सेनाको एक टोलीले सलामी दिएको थियो ।
हजारौँ सर्वसाधारणको उपस्थितिसहित नयाँबजारबाट शुरु शवयात्रा महेन्द्रपुल–रानीपौवा–हस्पिटल चोक हुँदै सेती नदी किनार रामघाट पुगेको थियो ।

शवयात्रामा हजारौँ पोखरेलीले उहाँप्रति श्रद्धा प्रकट गरेका थिए ।