६ बैशाख २०८१, बिहीबार
Follow Us

वेल्जियम कांग्रेसको दुबै अधिवेसन स्थगित (पत्र सहित)

नेपालब्रिटेन डट कम्
१७ फाल्गुन २०७५, शुक्रबार २२:११

लण्डन । वेल्जियमस्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिको पाँचौ अधिवेसन स्थगित भएको छ ।

नेपाली कांग्रेस पार्टी कार्यालयले फाल्गुण १४ गते एक पत्र जारी गर्दै नेपाली जनसम्पर्क समितिको सिता सापकोटा समुह र सुभाष गुरुङले नेतृत्व गरेको अर्को समुहले यही महिनाको पहिलो साता गर्न लागेका दुवै अधिवेसन स्थगित गरेको हो ।

पत्रमा, नेपाली जनसम्पर्क समिति बेल्जियमको पाँचौ अधिवेशन आगामी मार्च ३, २०१९ मा गर्ने भनी प्राप्त पत्र र नेपाली कांग्रेस निकट व्यक्तिहरुकै संलग्नतामा नेपाली जनसम्पर्क समितिकै नाम राखी छुट्टै संगठनको स्थापना गरी सो संगठनको अधिवेसन भनी मार्च १०, २०१९ का दिन गर्ने भनिएको कार्यक्रमका सम्वन्धमा पार्टी कार्यालय तथा पार्टी नेतृत्वको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
पत्रमा बेल्जियम जनसम्पर्क समितिमा उत्पन्न समस्या समाधान गर्नको लागि नेपाली कांग्रेसका पार्टी आमन्त्रित केन्द्रिय सदस्य किरण पौडेललाई केन्द्रिय प्रतिनिधी तोकिएको उल्लेख छ । नेपाली कांग्रेसले केन्द्रबाट अनुमति भएपछि मात्र अधिवशेन हुने गरी हाललाई पूर्व निर्धारित अधिवेशनहरु स्थगित गरेको छ ।