१५ बैशाख २०८१, शनिबार
Follow Us

११६ वर्षअघि ५० लाखमा बनेको थियो १७ सयकोठे सिंहदरबार

नेपालब्रिटेन डट कम्
१८ फाल्गुन २०७५, शनिबार ०१:३५

काठमाडौं–फ्रान्सको भर्सेलेज दरबारबाट प्रभावित भएर तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाले सन् १९०३ मा १७ सय कोठे सिंहदरबार बनाएका थिए । ३ सय ५० रोपनी जग्गामा ५० लाख लागतमा बनेको सिंहदरबारको नामकरण कान्छी रानी बालकुमारीको प्रस्तावमा गरेका थिए । ३० मंसिर १९८६ मा चन्द्रशमशेरको मृत्यु सिंहदरबारमै भएको थियो । नयाँ पत्रिका दैनिकमा खबर छ ।

सुरुदेखि प्रधानमन्त्री कार्यालयको रूपमा रहेको सिंहदरबारमा २५ असार ०३० मा आगलागी भयो । पछाडिको भाग ध्वस्त भयो, पूरै ध्वस्त हुनबाट सेनाले जोगाएको थियो । आगलागीपछि थप नयाँ–नयाँ भवन निर्माण गरेर मन्त्रालयलगायत विभिन्न विभाग र कार्यालयहरू पनि राख्न थालिएका हुन् । अहिले मन्त्रालयहरू, केही विभागहरू, भूकम्प पुनर्निर्माण प्राधिकरण, रेडियो नेपाल, नेपाल टेलिभिजनदेखि महान्यायाधिवक्ताको कार्यालयसमेत सिंहदरबारपरिसरमै छन् ।