१६ चैत्र २०८०, शुक्रबार
Follow Us

ताप्लेजुङ हेलिकोप्टर दुर्घटना, लापरबाहीले लियो ज्यान (तथ्यसहित)

नेपालब्रिटेन डट कम्
१८ फाल्गुन २०७५, शनिबार ०२:१५

काठमाडौं – गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा निकायको सल्लाहअनुसार नै बेलायतको राजकीय भ्रमण स्थगित गरे। सेन्ट्रल सेक्युरिटी सर्भिस (सिसिएस) का अधिकारीको सल्लाहअनुसार ट्रम्पको पूर्वनिर्धारित बेलायत भ्रमण रद्द भयो।

–२०५४÷५५ ताका राजा वीरेन्द्रको जोमसोम भ्रमण प्रतिकूल मौसमकै कारण कयौं पटक रद्द भएको त्यति बेला दरबारमा कार्यरत सुरक्षा अधिकारी बताउँछन्।

–२०६० सालमा राजा ज्ञानेन्द्र धादिङको सल्यानकोट मन्दिर दर्शन गर्नजाने पूर्वनिर्धारित कार्यक्रम माओदीबाट आक्रमण हुनसक्ने भन्दै अंगरक्षक विनोज बस्न्यातले दिएको सल्लाहअनुसार रद्द भयो। बेलैमा सुरक्षा सतर्कताबारे जानकारी गराएको भन्दै ज्ञानेन्द्रले बस्न्यातलाई धन्यवादसमेत दिएका थिए।

–राष्ट्रपति विद्यादेवी भण्डारी उपत्यकाबाहिर जाने पूर्वनिर्धारित कार्यक्रम सरकारप्रति स्थानीयका असन्तुष्टि, प्रतिकूल मौसम र अन्य विभिन्न कारण देखाउँदै सेनाले थुप्रै पटक रद्द गरिदिएको छ।

अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा सावधानीसँग जोडिएका यी केही तथ्य हुन्। तर पछिल्लो समय यस्तो आवागमनमा सावधानी नअपनाउँदा निकै दुःखदायी परिस्थिति सामना गर्नुपरेको छ। भिभिआइपी÷भिआइपीका लागि बनाइएको सुरक्षा निर्देशिका पालनामा गम्भीर लापरबाही हुने गरेको पछिल्लो तथ्य प्रोटोकलको समेत ख्याल नगरी निजी हेलिकोप्टरमा सवार भएर बहालवाला मन्त्रीको दुर्घटनामा ज्यान जानुले पनि स्पष्ट हुन्छ। नागरिक दैनिकमा खबर छ ।