६ बैशाख २०८१, बिहीबार
Follow Us

‘भुराभुरी’ भनेर रञ्जु दर्शनालाई पार्टीमा यसरी अपमानित गरिन्थ्यो

नेपालब्रिटेन डट कम्
१८ फाल्गुन २०७५, शनिबार ०२:४२

काठमाडौं– विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनाले विवेकशील साझा पार्टीमा हुँदा आफूलाई ‘भुराभुरी’ भनेर पार्टीमा अपमानित गरिएको स्वीकार गरेकी छिन् । प्यारप्यार बोलेको भनेर हप्काइएको पनि उनले बताएकी छिन् ।
नयाँ पत्रिका दैनिकसँगको एक अन्तर्वार्तामा उनले भनेकी छिन्–बैठकमा कुनै विषमया यदी मेरो विमती छ र म त्यसमा विपक्षमा छु भन्ने लाग्यो भने केही सिनियरहरुको नजरमा म प्यारप्यार बोल्ने हुन्थें । कुनै विषयको पक्षमा उभिएर आफ्ना कुराहरु राखेँ भने उहाँहरुले मलाई तपाईँ उमेर भन्दा पनि बढी परिपक्व हुनुहुन्छ कस्तो राम्रो बोल्नु भयो भनेर धन्यवाद दिनुहुन्थ्यो । मलाई भने यी दुबै टिप्पणी पूर्वाग्रही लाग्थे । तपाइको वाहवाह गर्दा म परिपक्व हुने र आलोचना गर्दा प्यारप्यार बोलेको सुनिने कुरालाई म कुनै पनि कोणबाट सही भन्न सक्दिनँ । त्यसमा सहमति जनाउन सक्दिनँ । संयोजकले नै यस्ता भुराभुरी भनेका छन् । यस्तो तरिकाले एकपटक होइन कयौं पटक अपमानित गरिएको छ । तर ती सबैकुराहरु बाेल्ने अहिले ठीक समय हाेइन ।