१५ बैशाख २०८१, शनिबार
Follow Us

रहेनन् नेपालका पहिलो कम्युनिष्ट अर्थमन्त्री अधिकारी, अस्पतालद्वारा पुष्टि

नेपालब्रिटेन डट कम्
१८ फाल्गुन २०७५, शनिबार १६:४४

काठमाडौं– नेकपा नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको शनिबार राती निधन भएको छ ।
धुम्बाराहीस्थित उनी उपचाररत हेम्स अस्पतालले अधिकारीको शनिबार राती ९ बजेर ३५ मिनेटमा निधन भएको पुष्टि गरेको छ ।
अस्पतालका अध्यक्ष आरएस भण्डारीले अधिकारीको ९ बजेर ३५ मिनेटमा निधन भएको जानकारी दिए ।
फोक्सो र मुटु सम्बन्धी समस्याबाट पीडित अधिकारी तीन सातादेखि सो अस्पतालमा उपचाररत थिए ।
उनी नेपालका पपिहलो कम्युनिष्ट अर्थमन्त्री हुन् ।
उनी अर्थमन्त्री हुँदा आफ्नो गाउँ आफै बनाउँ, जेष्ठ नागरिक भत्ता जस्ता कार्यक्रम ल्याएका थिए । यस्तै स्थानीय सडक, स्वच्छ पानी, शिक्षा र साक्षरता, सुलभ स्वास्थ्य, सिपमुलक तालिम र रोजगारी, सामुदायिक बृक्षरोपण, साना जलविद्युत विकासबाट ग्रामिण विकास र साना तथा घरेलु विकास गरी ९ स को अभियान पनि चलाएका थिए ।

राष्ट्रिय विभुतिको नाममा २७ वटा राजमार्ग र सहायक राजमार्गको नामाकरण, हेटौडा काठमाडौँ सुरुङमार्गको सुरुवातकर्ताको रुपमा पनि उनलाई लिइन्छ । सडकको दुबैतर्फ बृक्षरोपण, सुत्केरी भत्ता, महिला र पुरुषको नाममा संयुक्त रजिष्ट्रेशन पास, गाउँगाउँमा सहकारी र घर घरमा रोजगारी जस्ता लोकप्रिय कार्यक्रम उनको कार्यकालमा ल्याइएको थियो ।