१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन अमेरिकाको निर्वाचन मे महिनामा, अध्यक्षमा ६ जनाको दावी

नेपालब्रिटेन डट कम्
१८ फाल्गुन २०७५, शनिबार २३:१३

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको नयाँ नेतृत्वको लागी आगामी मे महिनाको दोश्रो साता निर्वाचन हुने भएको छ । निर्वाचन समितिका अनुसार निर्वाचनमा उम्मेदवारले अनलाइन मार्फत समेत उम्मेद्धवारी दर्ता गर्न पाउने भएका छन् ।

यस पटकको निर्वाचनमा उम्मेद्धवारहरुको सुविधाको लागी अनलाइनबाटै उम्मेद्धवार दरखस्त दिने व्यवस्था गर्न लागेको निर्वाचन समितिको प्रमुख विश्व बरालले बताए ।

संघले यसअघि प्रमुखमा विश्वनाथ बराल, सदस्यहरुमा कानुन व्यवसायी बासु फुलारा, बाल्टिमोरका कुल आचार्य, टेक्सासको खडका उप्रेती र क्यालिफोर्नियाका हेम भट्ट रहेको एक निर्वाचन समिति गठन गरेको थियो ।
उम्मेदवारी शुल्क बृद्धि हुने

निर्वाचनमा समितिले संघको नेतृत्वको लागि बन्ने उम्मेदवारहरुको शुल्क बृद्धि गर्ने भएको छ । समितिका अनुसार अध्यक्षमा २ हजार र महासचिवमा १ हजार डलर शुल्क तोक्ने तयारी गरिएको छ छ ।

९ हजार ६ सय ५२ जना सदस्य
एनआरएन अमेरिकामा यस पटक ८ हजार ९ सय २३ जनाले सदस्यता आवेदन दिएकोमा ८ हजार ८ सय ६१ जनाले सदस्यता प्राप्त गरेको छ । यसमा पुरानो ५ सय ९१ जना आजीवन सदस्य समेत थप गरि ९ हजार ४ सय ५२ जनाले सदस्य बनेका छन । सदस्यता आवेदन दिएर पनि प्रक्रिया नमिलेको ६२ जनाको सदस्यता स्वीकृत हुन नसकेको सदस्यता आन्तरिक प्रमाणीकरण समितिको सदस्य पवन योन्जनले बताए । उनका अनुसार आवेदन दिने सवैलाई सदस्यता दिउ भनेतापनि ६२ जनालाई फोन, मेसेज र इमेल गर्दा पनि सम्पर्क हुन नसकेपछि सदस्यता अस्वीकार गरेको हो । सदस्यता बनेकाहरुले आगामी निर्वाचनमा मतदान गर्न पाउने भएको छ । कार्यसमितिले अन्तिम नामवाली यही मार्चको १५ तारिखभित्रमा निर्वाचन कमिटिलाई बुझाउन लागेको सदस्य योन्जनले बताए । यस पटक अमेरिकाको विभिन्न २५ भन्द बढि राज्यहरुबाट एनआरएनको सदस्य बनेका छन । जसमा सवैभन्द बढि न्युयोर्कबाट २२ सय ३९ जना सदस्य बनेका छन भने टेक्सासबाट १७ सय ८० जनाले सदस्य बनेका छन ।

अध्यक्षमा ६ जनाको दावी

आगामी निर्वाचनमा नेतृत्वका लागि कार्यसमितिको वर्तमान बरिष्ठ उपाध्यक्ष सुनिल शाह, बोर्ड अफ डाइरेक्टर सन्जय थापा, बोर्ड अफ डाइरेक्टर डा. अर्जुन बन्जाडे र पुर्व बोर्ड अफ डाइरेक्टर सूर्य लम्साल, प्रबक्ता विनोद कुमार तिवारी र राम पोखरेलले समेत गरि ६ जनाले अध्यक्ष पदमा उम्मेदवारी दिने चर्चा छ । शाह चुनावी क्याम्पेनमा अन्य उम्मेदवार भन्दा अग्रस्थानमा रहेको बुझिएको छ ।

त्यस्तै वरिष्ठ उपाध्यक्षहरुमा जेदु पोखरेल, अमृत सापकोटा र सञ्जीव श्रेष्ठ लगायतले सामाजिक सन्जालमा उम्मेद्धवारी सार्वजनिक गरेका छन् । उपाध्यक्षमा कृष्ण जिवी पन्त, महासचिवमा गोपेन्द्र भट्टराई, पशुपति पाण्डे लगायतको चर्चा छ ।

त्यस्तै सामाजिक सन्जालमै सचिवका लागि भानु खरेल, रेवती अधिकारी र अमृत कटेलको नाम सामाजिक सञ्जालमा देखिएको छ ।

कोषाध्यक्षमा रविन बज्राचार्य र बन्धु पोखरेलले उम्मेदवारी दिने भएको छ । त्यस्तै कोषाध्याक्षमा नृपेन्द्र धिताल र सतेन्द्र साहको नाम चर्चामा छ । चुनावी मिति तय भएसंगै सामाजिक संजाल मार्फत उम्मेद्धवारी घोषणा गर्ने क्रम तिब्र हुदैं गएको छ । उम्मेदवारी दर्ता गर्ने दिन सम्म थप उम्मेदवारहरु आउने अपेक्षा गरिएको छ ।