१२ बैशाख २०८१, बुधबार
Follow Us

गोली लागेर सेनाका एक सिपाहीको मृत्यु

sarusaru
१९ फाल्गुन २०७५, आईतवार ०४:०८

धनकुटा- आफैंले बोकेको राइफल पड्किएर नेपाली सेनाका एक सिपाहीको मृत्यु भएको छ। बरख गण धनकुटामा कार्यरत डोटीका चेतनाथ जोशीको ड्युटीमा रहेका बेला गोली लागेर मृत्यु भएको हो ।

शनिबार राति पौने ९ बजे ड्युटीमा रहेका बेला आफैंले बोकेको एम १६ राइफलको गोली छातीमा गोली लागेको थियो । गोली लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति ९ः५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।