१३ बैशाख २०८१, बिहीबार
Follow Us

रसुवाका २ किशोरीलाई भारत लैजाने ३ जना पक्राउ

sarusaru
१९ फाल्गुन २०७५, आईतवार ०६:३०

बर्दिया–किशोरीहरुलाई ललाईफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रसुवा यार्चा गाउँपालिका १ बस्ने २४ वर्षीय कामी थोक्रा, सुर्खेत गुर्भाकोट नगरपालिका १२ बस्ने ४६ वर्षीय वकिलबहादुर मल्ल र दाङ तुल्सीपुर उपमहानगरपलिका ५ बस्ने ४५ वर्षीया मैमीकुमारी सार्कीलाई बर्दिया बढैयाताल गाउँपालिका ८ कर्णालीपुलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई रसुवा यार्चा गाउँपालिका ५ बस्ने २० वर्षीया र १८ वर्षीया २ किशोरीलाई ललाईफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पुलमा पुग्दा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।