८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए युएईका अध्यक्ष श्रेष्ठ पक्राउ

नेपालब्रिटेन डट कम्
१९ फाल्गुन २०७५, आईतवार ०६:३४

लण्डन ।गैर आवसिय नेपाली संघ युएई (एनआरएनए) का अध्यक्ष रमेश श्रेष्ठ शुक्रबार विहान ५ बजे दुबई प्रहरी द्धारा पक्राउ गरेको खवर प्राप्त भएको छ । उहाँलाई ड्रिङ एण्ड ड्राइभको केशमा पक्राउ गरेको हो ।

उक्त गाडीमा एनआरएनए केन्द्रीय अध्यक्ष भवन भट्ट र अर्का केन्द्रीय उपाध्यक्ष कुल आचार्य सवार थिए । भट्ट र आचार्यलाई भने दुबई प्रहरीले साधारण सोधपुछ पछि छाडेका थिए । श्रेष्ठ पक्राउ भएपछि उहाँहरु ट्याक्सी मार्फत आफु बसेको होटलमा आएका थिए ।

श्रमिकहरुको श्रम सीप र ज्ञानको बिकाश सामुहिक लगानी समृद्दीको निकासू गरौँ भन्ने मुल नाराको साथ एनआरएनए युएईले आयोजना गरेको अन्तर्कृिया कार्यक्रममा सहभागी हुन युएई आइपुगेको एनआरएनए केन्द्रीय अध्यक्ष भट्ट र उपाध्यक्ष आचार्य कार्यक्रम सकेपछि एनआरएनए युएई अध्यक्ष रमेश श्रेष्ठ संग देरा दुबई स्थित कार्लन टावरमा पुगेको थियो ।

उक्त होटलमा पर्वत सेवा समाजले आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रमको तयारीमा रहेक श्रेष्ठ निकट व्यक्तिहरु संग भेटघाटको लागि पुगेका थिए । भेटघाट पछि त्यहाँ केही व्यक्तिहरु संग श्रेष्ठको विवाद समेत भएपछि दुबई सिआइडीले फलोअप गरिरहेको, पछि बाटोमा ड्रिङ एण्ड ड्राइभको केशमा पक्राउ परेको खवर प्राप्त भएको छ ।