१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन युकेले पुर्वमन्त्री शर्मा र चित्रलेखासंग अन्तरक्रिया गर्ने

नेपालब्रिटेन डट कम्
१९ फाल्गुन २०७५, आईतवार १०:५९

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले पुर्व मन्त्री तथा राष्ट्रिय सभामा सत्तारुढ दल नेकपाका नेता दीनानाथ शर्मा र पुर्वउपसभामुख चित्रलेखा यादवसंग एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का युकेका महासचिव राजकुमार त्रिपाठीका अनुसार उक्त अन्तरक्रिया मंगलवार साँझ अल्डरशटमा आयोजना गरिन लागिएको हो ।

अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा साँझ ७ बजे देखी सुरु हुने सो कार्यक्रममा उपस्थित हुन वेलायतस्थित नेपाली समुदायतलाई गैरआवासीय नेपाली संघ युकेले आग्रह गरेको छ ।

शर्मा र यादव लण्डनस्थित वेष्टमिनिस्टर फाउण्डेशन फर डेमोक्रेसीको आयोजनामा लण्डनमा आयोजना भएको एक कार्यक्रममा सहभागि वेलायत आएका हुनु । शर्मा आगामी बुधवार साँझ नेपाल फर्किने तयारीमा छन् ।