४ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएन युएईका अध्यक्ष श्रेष्ठ छुटे, भने– मलाई सोधपुछका लागि बोलाइएको थियो

नेपालब्रिटेन डट कम्
१९ फाल्गुन २०७५, आईतवार ११:१३

काठमाडौं–गैरआवासीय नेपाली संघ (युएई) का अध्यक्ष रमेश श्रेष्ठ प्रहरीबाट छुटेका छन् । उनले आफूलाई दुई प्रहरीले सामान्य सोधपुछका लागि मात्रै बोलाएको आज आइतबार बताए ।
उनले गत शुक्रबार आफूलाई दुबई प्रहरीले सामान्य सोधपुछका लागि बोलाएको र सो क्रममा आफूले आवश्यक सहयोग गरेको उनले एक विज्ञप्तिमार्फत बताएका छन् ।
‘प्रवासमा नेपालीहरुको हितको लागि सामाजिक कार्य गर्ने शिलशिलामा यहाँको स्थानीय निकायले आवश्यक छानबीन गर्नु सामान्य हो र यो सर्वविदितै छ’, उनले भनेका छन्, ‘ सोही क्रममा मलाई दुबई प्रहरीले सामान्य सोधपूछका निमित्त बोलाएको र मैले मेरो तर्फबाट आवश्यक सहयोग गरेको थिएँ ।’
उनले अगाडि भनेका छन्, ‘गत शुक्रबार बिहान मलाई दुबई प्रहरीले केही सोधपूछको लागि भन्दै बोलाएको र तत्पश्चात विविध विषयमा आवश्यक लागे बमोजिम सोधपुछ गरेको थियो ।’
तर, सञ्चारमाध्यमले मापसे गरेर गाडी चलाएको र प्रहरीले नियन्त्रणमा लिएको भनि समाचार सम्प्रेषण गरेको गुनासो गर्दै सो उनले समाचारको खण्डन गरेको विज्ञप्तिमार्फत जनाएका छन् ।
यसअघि उनी मापसेकाण्डमा समातिको समाचार सार्वजनिक भएको थियो ।