८ बैशाख २०८१, शनिबार
Follow Us

निर्मला हत्या अनुसन्धानान फेरि नयाँ प्रयोग गर्दै प्रहरी

नेपालब्रिटेन डट कम्
२० फाल्गुन २०७५, सोमबार ०१:१७

काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात महिना नाघ्दासमेत प्रहरीले हत्यामा संलग्न दोषीलाई पक्राउ गर्न सकेको छैन ।
अनुसन्धानमा एकपछि अर्को शैली अपनाइरहेको प्रहरीले अहिले भने ‘ह्युमन इन्टेलिजेन्स’ लाई केन्द्रमा राखेर काम गरिरहेको छ ।
हत्यामा संलग्नको खोजीमा प्रहरीले हालसम्म २६ जनाको डीएनए परीक्षण गरिसकेको छ भने १ हजारभन्दा बढीसँग सोधपुछ गर्दै निगरानी राख्दै आएको छ ।
तर, हालसम्म अपनाइएको हरेकजसो अनुसन्धानको प्रक्रियामा असफल भएपछि प्रहरीले फेरि ‘ह्युमन इन्टेलिजेन्स’ मार्फत अनुसन्धानलाई अघि बढाएको आजको राजधानी दैनिकमा खबर छापिएको छ ।