१३ बैशाख २०८१, बिहीबार
Follow Us

सुन तस्करीमा नयाँनयाँ उपाय अपनाउँदै तस्कर

नेपालब्रिटेन डट कम्
२० फाल्गुन २०७५, सोमबार ०१:३४

काठमाडौं– गृह मन्त्रालयले सुन तस्करी सञ्जाल तोड्न सफल भएको र तस्करीमा कमी आएको दाबी गरेपनि सुन तस्करीका लागि नेपाल ‘ट्रन्जित पोइन्ट’ को रुपमा प्रयोग हुने क्रम रोकिएको छैन ।
गृह प्रशासन सञ्चालनको एक वर्षमा ११४ दशमलव १२३ किलो सुन पक्राउ गरिएको तथ्यांक गृह मन्त्रालयसँग छ ।
नेपाल प्रहरीका प्रवक्ता उत्तम सुवेदीका अनुसार नेपालमा सुन तस्करीको अनुपात घटेको छैन । बरु तस्करहरुले नयाँ नयाँ वैकल्पिक उपाय प्रयोग गरेर सुन तस्करी गरिरहेका छन् । राजधानी दैनिकमा खबर छापिएको छ ।