७ बैशाख २०८१, शुक्रबार
Follow Us

टुँडिखेलमा नेपाली सेनाले यसरी मनायो सैनिक दिवस

नेपालब्रिटेन डट कम्
२० फाल्गुन २०७५, सोमबार ०७:५१

काठमाडौँ–नेपाली सेनाले शिवरात्री तथा सेना दिवश विशेष कार्यक्रम गरी मनाएको छ ।
सेनाले सोमबार दिवसका अवसरमा सैनिकमञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा सैनिक कवाज, हतियार तथा उपकरण प्रदर्शन, ब्याण्ड, विशेष फौज लगायतका प्रदर्शन गरिएको थियो ।
यस्तै सेनाले प्यारासुटका माध्यमबाट फ्रि फल जम्पको समेत प्रदर्शन गरेको छ । कार्यक्रममा ७ वटै प्रदेशको संस्कृतिलाई देखाउने झाँकी प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख, उपसभामुख मन्त्रीहरु लगायतको सहभागिता रहेको थियो ।
दिवसका अवसरमा कला कौशलमा उत्कृष्ट गण तथा गुल्मलाई पुरस्कृत गरिएको थियो ।