६ बैशाख २०८१, बिहीबार
Follow Us

राष्ट्रिय आविष्कार केन्द्रलाई एनआरएनए साउदिद्वारा सहयोग

नेपालब्रिटेन डट कम्
२० फाल्गुन २०७५, सोमबार ०८:१३


तेज थापा

साउदि अरब । गैर आवासीय नेपाली संघ साउदि अरबले नेपाल राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेकोे छ । संघको सकृय सहयोगीदाताहरुबाट संकलित नगद रकम २९१८ साउदी रियाल अर्थात ८६,७६९.०६ (छयासी हजार सात सय उनान्सत्तरी रुपिंया छ पैसा) रुपैयाँ राष्ट्रिय आविष्कार केन्द्रको हिमालयन बैंक लिमिटेड को खातामा जम्मा गरिएको हो ।

सहयोगी दाताहरूको सुचि सहित रकम विप्रेषण गरिएको प्रतिलिपी हाल घर विदामा नेपालमा रहनु भएका एनआरएनए पुर्वी क्षेत्रका क्षेत्रीय कोषाध्यक्ष चित्र कुमार राइले आविष्कार केन्द्रका अभियान्ता डा. महावीर पुनलाइ भेटि हस्तान्तरण गरेका छन्।

एनआरएनए पुर्वी क्षेत्रका क्षेत्रीय समन्वय समितिले आफ्नो नियमित बैठकका दौरान आविस्कार केन्द्रलाई सहयोग अभियानमा सरिक हुन आफ्नो माथिल्लो निकाय राष्ट्रिय समन्वय परिषद साउदी अरबलाइ अनुरोध गरेको थियोे भने एनसीसी साउदिले पाचौं पुर्ण बैंकद्वारा पुर्वी क्षेत्रीय अध्यक्ष चन्द्र मणि भन्डारीको समन्वयकारि भुमिकामा अभियान संचालन गर्ने निर्णय गरेको थियोे।

एनआरएनए साउदि अरबका विभिन्न समितिमा कृयाशिल साथीहरूलाइ अवगत गराइ सहयोग संकलन अभियान सुरुवात गरिएको जानकारी दिदै सहयोग अभियान कर्ता तथा एनआरएनए पुर्वि क्षेत्रीय समन्वय समितिका प्रबक्ता नरेन्द्र कार्कीले स्वइच्छाले सहयोगीदाताहरुबाट संकलित रकम २५ फेब्रुअरी, २०१९ मा आविष्कार केन्द्रको खातामा जम्मा गरिएको बताए ।