१३ बैशाख २०८१, बिहीबार
Follow Us

दुप्चेश्वर गाउँपालिकामा एनआरएन महिला फोरमको निशुल्क स्वास्थ्य शिविर

नेपालब्रिटेन डट कम्
२० फाल्गुन २०७५, सोमबार ०८:१५

नुवाकोट । दुप्चेश्वर गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

१०९ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर २८ फेब्रुवरी र १ मार्च २०१९ का दिन गैरआवासीय नेपाली संघ महिला फोरमको पहलमा नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाको राउटेवेसी र शिखर बेसीमा आठौं निशुल्क पाठेघर समस्या सम्बन्धि स्वास्थ्य शिविर र तेश्रो नाक, कान घाटी परीक्षण सेवा शिविर सम्पन्न भएको छ।

यस स्वास्थ्य शिविरमा संघका महिला फोरमका संयोजक रजनी प्रधान र सचिवालका सहायक निर्देशक संगीता अवालेले सक्रिय रुपमा सहभागीता जनाएका थिए।

उनीहरुले त्यहाँ सहभागी हुन आएका स्थानीय प्रतिनिधिहरु र समुदायसंग फोरमका गतिविधिहरु बारे जानकारी गराएका थिए। विर अस्पतालका दन्त विशेषज्ञ डा। जयेन्द्र प्रधानांग र लाल गुरुङले नाक कान घाँटी सेवा शिविरको नेतृत्व गरेका थिए भने प्रसुति अस्पतालका प्रसुति विशेषज्ञ डा। उन्नति अमात्य र डा। रमेश पौडेलले पाठेघर सम्बन्धि स्वास्थ्य शिविरको नेतृत्व गरेका थिए।

महिला स्वास्थ्य शिविरमा २०० जना भन्दा बढी महिलाहरुको सहभागीता रहेको थियो। परिक्षण गर्न आएका महिलाहरु मध्ये करीव २४ जना महिलाहरुमा पाठेघर सम्बन्धि समस्या पाइएको र तिनीहरुलाई शल्य क्रियाको लागि काठमाडौं स्थित प्रसुति अस्पतालमा रेफर गरिएको छ र चाँडै नै उनीहरुको निःशुल्क शल्य क्रिया गरिने भएको छ।

यसै गरी नाक, कान र दाँत सम्बन्धि समस्या भएका करीव ५०० जना जति बालबालिका, महिला र पाको उमेर भएका पूरुषहरुको परिक्षण गरिएको थियो। समस्या भएका पुरुष तथा महिलाहरुलाई औषधि उपचार गरिएको थियो। यस दौरान स्वस्थ रहनको लागि सरसफाई सम्बन्धि जानकारी दिनुका साथै ज्थनष्भलष्अ प्ष्तक जसमा नेलकटर, दाँत माझ्ने ब्रस, मन्जन, काइयो, रुमाल र सेनेटरी टावल वितरण गरिएको थियो।

यस्तो महत्वपूर्ण कार्यक्रम संचालन गरेकोमा गाविस र त्यहांका स्थानीय बासिन्दाहरुले गैरआवासीय नेपाली संघ प्रति आभार प्रकट गर्दै भविष्यमा पनि यस्तो कार्यक्रमको अपेक्षा गरेका छन्।

यसै सन्दर्भमा दुप्चेश्वर गाउँपालिकाका उपप्रमुख अन्जु आचार्य, राउटेबेसीका वडा अध्यक्ष, राउटेवेसी र शिखरवेसीका स्थानीय समुदायहरु, शिविरमा संलग्न चिकित्सकहरु, सचिवालय र यस शिविर संचालनको लागि आर्थिक सहयोग गर्नु हुने सबै महिला फोरमका क्षेत्रीय उपसंयोजकज्यूहरु, सदस्यहरु, एनसिसि तथा आइसिसिका पदाधिकारी तथा सदस्यहरुलाई गैरआवासीय नेपाली संघ महिला फोरम हार्दिक धन्यवाद व्यक्त गर्दछ।

यसैगरी मार्च १ का दिन संघको महिला फोरमको पहलमा एफविनले महिला आयोजना गरेको सिलाइ सम्बन्धी दक्ष सिपमुलक तालिमको उद्घाटन कार्यक्रम नुवाकोटको पन्चकन्या गाउँपालिकामा आयोजना गरियो।

संघका महिला संयोजक रजनी प्रधानको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा एफविनका सदस्यहरु र स्थानीय समुदायको सहभागीता रहेको थियो। नुवाकोटका विभिन्न गाउँपालिकाहरुबाट चयन भएका २० जना महिलाहरुलाई १ महिने सिलाई सम्बन्धी तालिम दिइने छ।