१५ चैत्र २०८०, बिहीबार
Follow Us

महराले भेटे हेलिकप्टर दुर्घटनाका मृतक आङछिरिङको परिवारलाई

नेपालब्रिटेन डट कम्
२० फाल्गुन २०७५, सोमबार १५:२९

काठमाडौं–सभामुख कृष्णबहादुर महराले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाका परिवारलाई भेटी धैर्यधारण गर्न आग्रह गरेका छन् ।
सोमबार (आज) दिउँसो वालुवाटारस्थित आङछिरिङको घरमा पुगी सभामुख महराले शेर्पा परिवारलाई सान्त्वना दिएका हुन् ।
आङछिरिङको निधनले पर्यटन र हवाइ क्षेत्रमा निकै ठूलो क्षति भएको भन्दै सभामुख महराले देशलाई उनको अभाव सधैं खट्किरहने बताए ।
पछिल्लो समय नेपालमै पाइलट ट्रेनिङ सेन्टर खोल्ने विषयमा आङछिरिङ र आफूले छलफल गरिरहेको स्मरण गर्दै सभामुख महराले दाङमा पाइलट ट्रेनिङ खोल्छु भनेर शेर्पाले आफूलाई भनेको बताए ।
सभामुख महराले आङछिरिङकी श्रीमती, दाजु र छोरालाई धैर्यधारण गर्न र कठीन परिस्थितिको सामना गर्न अनुरोध गर्दै समवेदना व्यक्त गरेका थिए ।