७ बैशाख २०८१, शुक्रबार
Follow Us

मधेसमा विवाहस्थलबाटै बेहुली यसरी प्रेमीसँग भागेपछि हंगामा

नेपालब्रिटेन डट कम्
२० फाल्गुन २०७५, सोमबार १५:३५

प्रदेश नम्बर २ को धनुषामा एक बेहुली विवाहस्थलबाटै फरार भएकी छिन् ।

गएराति धनुषाको सहिदनगर नगरपालिका वडा नम्बर ३ यदुकोहा स्थित महराटोल बस्ने दलित समुदायकी २० वर्षिय युवती स्वयंबर पछि अर्कैसँग भागेकी हुन् ।

आइतबार विवाहका लागि धनुषाको सबैलाबाट बेहुला सहित जन्ती बेहुलीको घरमा आईपुगेको थियो । हिन्दुपरम्परा अनुसार विवाहको विधि शुरु हुनुपूर्व नै अन्दाजी राति १ बजे स्वयंबर सम्पन्न भयो । तर स्वयंवर लगत्तै बेहुलीको भेषमा रहेकी ति बेहुली बेहुला, परिवारजन तथा जन्तीको समेत आँखा छलेर भागेको ईलाका प्रहरी कार्यालय यदुकाहाले जनाएका छन् ।

ईप्रका यदुकाहाका प्रहरी निरीक्षक भीम खड्काले बेहुली भगाउनका लागि सोहि टोलका केही व्यक्तिहरुले भूमिका खेलेका कारण बेहुली भाग्न सफल भएकी बताईन् । बेहुली फरार भए लगत्तै प्रहरी टोली पुगेर फरार बेहुली र बेहुली भगाउन सहयोग गर्नेहरुको खोजी कार्य भईरहेको जनाए । यस्तो अनौठो घटना धनुषामै पहिलोपटक भएकाले जन्ती र माइती पक्षको नाम प्रहरीले गोप्य राखेको छ ।

बेहुली स्वयंबरपछि अर्कै केटासँग भागेपछि गाउँमा खैलाबैला मच्चिएको छ ।