विराटनगर– नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुुष्पकमल दाहाल‘प्रचण्ड’ले अहिलेको अवस्थामा मन्त्रिमण्डल पुनःगठन गर्ने कुनै तयारी नभएको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीका दुुई अध्यक्षको बीचमा मन्त्रिमण्डल हेरफेर गर्ने विषयमा कुुनै छलफल नभएको प्रष्ट पारे ।
पूर्वप्रधानमन्त्री दाहालले मन्त्रिमण्डल पुनःगठन प्रधानमन्त्रीको अधिकार भएकाले पत्रपत्रिकामा आएजस्तो यस सम्बन्धमा दुई अध्यक्षबीच कुनै चर्चा नभएको बताए ।

“वर्तमान सरकारले गियर परिवर्तन गरिसकेकाले पछिल्लो निर्णय र विकास निमार्ण घोषणाले पनि सरकारले गति लिएको प्रष्ट हुुन्छ”, उनले भने, “विकास निर्माण र समृद्धिको जनताको सपना पूरा गर्न सरकार सफल हुुनेछ ।” उनले दुुवै पार्टीको एकिकरण कार्य अन्तिम चरणमा पुुगेकाले त्यसलाई टुङ्गो लगाउन मात्र बाँकी रहेको प्रष्ट पारे ।

उनले अतिवादीलाई राजनीतिक र सरकारी संयन्त्रमार्फत नियन्त्रणमा ल्याउने विचार व्यक्त गरे ।
शान्ति प्रक्रियामा सहभागी भइसकेको नेकपा माओवादी ले हातहतियार व्यवस्थापन गरिसकेको अवस्थामा अहिले त्यो बेलाको हातहतियार कसरी कहाँबाट आयो भन्नेकुरा थाहा नभएको उनले प्रष्ट पारे ।

सङ्घीय समाजवादी फोरमसँग भएको तीन बुँदे सहमतिअनुसार संविधान संशोधन आवश्यक समयमा गरिने अध्यक्ष प्रचण्डको धारणा थियो ।