८ बैशाख २०८१, शनिबार
Follow Us

भारतीय प्रधानमन्त्री मोदीको टाउको पाकिस्तानी सेनाप्रमुखको हातमा

नेपालब्रिटेन डट कम्
२० आश्विन २०७३, बिहीबार ०६:१८

काठमाडौं– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको काटिएको टाउको पाकिस्तानी सेना प्रमुखको हातमा झुण्ड्याएर लगेको दृश्य प्रचारमा आएको छ । यो कार्टुन होला तर यो कार्टुनले संकेत अमानवीयताको हदसम्मको दुश्मनीलाई देखाएको छ । दक्षिण एसियाको राजनीतिमा युद्धका बादलहरु मडारिएको सन्देश दिएको छ ।
काश्मीरको उरीमा १८ जना भारतीय सैनिक मारिए । मार्ने आतंककारी होलान् तर भारत पाकिस्तानी सेनाले मारेको दोष लगाएर राष्ट्रसंघमा पुगेर पाकिस्तानलाई आतंककारी मुलुकको दर्जामा एक्ल्याउनुपर्ने कूटनीतिक प्रचारबाजी गरेपछि पाकिस्तान आक्रोसित हुनपुगेको थियो । त्यसको केही दिनमै भारतीय सैनिकले २ जना पाकिस्तानी सेना मा¥यो र भन्यो– खूनका बदला खून ।
पाकिस्तानी विदेशमन्त्रीले एटम वम हान्ने चेतावनी दिए, सैनिक प्रमुखले राहिल शरीफ इटाको जवाफ पत्थरले दिने भनिरहेका छन् । एक साता बितिसक्यो स्थिति सामानयजसता लागे पनि युद्धका खतराहरु टरेका छैनन् । पाकिस्तान भारतको कुनै पनि हमलाको जवाफ दिन तैयार भएर बसेको छ । यतिबेला पाकिस्तानमा मुसर्रफदेखि सबै राजनीतिक व्यक्तिहरु भारतका विरुद्धमा एक भएका छन् । जब देशको सवाल आयो, प्रम नवाज शरिफका साथमा सबै एक भएर उभिएका छन् ।
भारतको विरोध गर्दै गरिएको प्रदर्शनमा राहिलको एक हातमा मोदीको काटिएको टाउको र अर्को हातमा रगतले लतपतिएको तरबारको प्रचार भइरहेकोछ । भारतका सबै सञ्चारमाध्यम पाकिस्तानको विरोधमा खनिएका छन् ।
indai