१६ चैत्र २०८०, शुक्रबार
Follow Us

अवैध रुपमा लुकाईछिपाई लैजान लागेको अमेरिकी डलर सहित पक्राउ

sarusaru
२१ फाल्गुन २०७५, मंगलवार ०६:५९

काठमाडौं, २१ फागुन – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान एरियाबाट वैंककतर्फ अवैध रुपमा लुकाई छिपाई लैजान लागेको ६९ हजार ५ सय ५० अमेरिकी डलर सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-४ बस्ने सरला खड्‍का र काठमाडौं महानगरपालिका-१६ बस्ने रिंकु गुरुङ रहेका छन् ।
नेपाल एयरलाइन्सको उडानद्वारा वैंकक जान लागेका उनीहरुलाई अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उक्त अमेरिकी डलर सहित प्रहरीले फेला पारी पक्राउ गरेको हो । उनीहरुमध्ये सरला खड्‍काको साथबाट ३५ हजार ६ सय ५० र रिंकु गुरुङको साथबाट ३३ हजार ९ सय अमेरिकी डलर बरामद भएको हो ।
पक्राउ दुवै जनालाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान बिभाग हरिहरभवन ललितपुर लगिएको छ ।

खुकुरी देखाई लुटपाट गर्न खोज्ने २ जना पक्राउ :
भक्तपुर, २१ फागुन
खुकुरी देखाई लुटपाट गर्न खोजेको अवस्थामा भक्तपुर गोठाले बस्ने २१ वर्षीय बिपिन थापा र काभ्रे घर भएका २३ वर्षीय विवेक गौतमलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुर नगरपालिका-९ लिवालीस्थित बा.५ ख ४००६ नम्बरको बसका सहचालक च्यामसिंह बस्ने २० वर्षीय दिपेश गिरी र सिन्धुपाल्चोक घर भएका १९ वर्षीय प्रकाश गिरीलाई खुकुरी देखाई लुटपाट गर्न खोजेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त जगातीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई खुकुरी १ थान र विभिन्न कम्पनीका मोवाइल ९ थान सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।