१४ बैशाख २०८१, शुक्रबार
Follow Us

लण्डन दूतावासमा सेना दिवस भव्य (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२१ फाल्गुन २०७५, मंगलवार ०८:००

लन्डन । लन्डनस्थित नेपाली दूतावासमा नेपाली सेना दिवसको अवसर पारेर एक समारोहको आयोजना गरिएको छ ।

सोमबार नेपाली दूतावास भवनमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै वेलायतका रक्षा राज्य मन्त्री मार्क लान्कस्टरले नेपाल तथा ब्रिटेनबीचको सम्बन्धका पारेमा प्रकाश पारे । लान्कस्टरले नेपाल वेलायतको सम्वन्ध २०० वर्ष भन्दा पुरानो रहेको बताउंदै दुई देशबीच निकट सम्बन्ध रहेको बताए । १४ पटक नेपालको भ्रमण गरेका लान्कस्टरले नेपाली सेनाले संयुक्त राष्ट्र संघमा शान्ति सेनामा खेलेको भुमिका प्रशंसा गरे ।

कार्यक्रममा वेलायती सेनाका लेफ्टिनेन्ट जेनरल निकोलस् आर्थर विलिअम पोपले संयुक्त राष्ट्रसंघ शान्ति सेनामा सबै भन्दा बढी सैनिकहरु पठाउने मुलुकहरुमा नेपाल पांचौ स्थानमा रहेको थाहा पाउंदा खुशी लागेको वताए । उनले वेलायती सेना भन्दा नेपाली सेना अग्रस्थानमा रहेको वताए । उनले भने संयुक्त राष्ट्र संघको शन्ति सेनामा वेलायती सेना ५७ औं स्थानमा छ तर नेपाली सेना ५ औं स्थानमा छ । उनले नेपाली सेना विश्वकै उत्कृष्ट सेना भएको वताउँदै नेपालमा प्रकृति संरक्षण तथा विपद व्यवस्थापनमा नेपाली सेनाको भुमिकाको प्रशंसा गरे ।

अतिथिहरुलाई स्वागत गर्दै लन्डनस्थित नेपाली दूतावासका सैनिक सहचारी तथा नेपाली सेनाका कर्णेल कुमार बहादुर थापाले नेपाली र ब्रिटिश सेनाबीच ऐतिहासिक तथा अद्वितीय सम्बन्ध रहेको बताउंदै दुवै देशबीच संयुक्त सैनिक अभ्यास, तालिम तथा पूर्वाधार विकासका क्षेत्रमा सहकार्य भइरहेको बताए ।

सोही अवसरमा बोल्दै ब्रिटेनका लागि नेपालका राजदूत डा दुर्गा बहादुर सुबेदीले नेपाल तथा बेलायतबीच बहु आयामिक सम्वन्ध रहेको बताए । उनले दुई सेनाबीचको सम्वन्ध पनि अत्यन्त सुमधुर रहेको बताए । ब्रिटिश राजकुमार हयारीले गोर्खा सैनिकको बहादुरीको प्रशंसा गरेको स्मरण गर्दै उनले गोर्खा सैनिकहरु दुई देश बीचको सम्वन्धको एउटा आधारको रुपमा रहेको पनि बताए ।

कार्यक्रममा लन्डनस्थित विभिन्न देशका दूतावास र हाइ मिसनका मिलिट्री अटयाचीसहित बिदेशीहरुको उल्लेख्य उपस्थिी रहेको कार्यक्रममा हिमाल आरोही गोर्खा निर्मल पुर्जाले आफ्नो अभियानबारे जानकारी दिएका थिए । कार्यक्रम उपनियोग प्रमुख शरदराज आरणले सञ्चालन गरेको थिए ।


फोटो: नेपाली दूतावास लण्डन