७ बैशाख २०८१, शुक्रबार
Follow Us

‘एनआरएन डे’ मा लाप्राकको नमुना वस्तीको अनावरण

नेपालब्रिटेन डट कम्
२० आश्विन २०७३, बिहीबार ०७:०८

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गोरखाको लाप्राकमा निर्माण हुने नमुना वस्तीको शुक्रबार अनावरण गर्ने भएको छ । ‘एनआरएन डे’ का अवसरमा नमुना वस्तीको अनावरण गर्न लागिएको हो । लाप्राकको घुम्सीपाखामा शुक्रबार विहान आयोजना हुने अनावरण कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सहभागी हुँदैछन् । उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र एनआरएन अध्यक्ष शेष घलेले संयुक्तरुपमा नमुना वस्तीको अनावरण गर्ने छन् ।
कार्यक्रममा सहभागी हुन् एनआरएन पदाधिकारीहरु शुक्रबार विहान ७ बजे हेलिकोप्टर चढेर लाप्राक पुग्ने छन् । प्रधानमन्त्री र एनआरएन पदाधिकारीको बेग्लाबेग्लै हेलिकोप्टर हुने बताइएको छ । कार्यक्रम विहान ९ बजेका लागि तोकिएको एनआरएन कार्यालयका अधिकृत अनिल ढुंगानाले नेपाल ब्रिटेन डट कमलाई जानकारी दिए । अधिकृत ढुंगानाका अनुसार हेलिकोप्टरको भाडा एनआरएन पदाधिकारीहरुले व्यक्तिगत रुपमा तिर्नुहुनेछ ।
लाप्राकबाट फर्केपछि एनआरएनले साँझ ६ बजे सोल्टी होटलमा रात्रिभोजको आयोजना गरेको छ । उक्त रात्रीभोजमा लाप्राकमा बन्ने नमूना बस्तीबारे ब्रिफिङ हुने बताइएको छ । ‘एनआरएन डे’ मनाउनका लागि पदाधिकारीहरुले यतिबेला काठमाडौंमा जम्मा भएका छन् ।