८ बैशाख २०८१, शनिबार
Follow Us

नेकपालाई फेरि अर्को शोक, नेकपा नेताको निधन

नेपालब्रिटेन डट कम्
२१ फाल्गुन २०७५, मंगलवार १०:४२

काठमाडौं– नेकपा नेता तथा पूर्व सांसद गणेश पण्डितको निधन भएको छ ।
नुवाकोटका उनको हृदयघातका कारण निधन भएको नेकपा नुवाकोट क्षेत्र नम्बर २ का सांसद नारायण प्रसाद खतिवडाले जानकारी दिए ।

पण्डितको निधनसँगै नेकपाले दुई साताको बिचमा चार नेता गुमाएको छ ।

यसअघि बहालवाला मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा गत बुधबार निधन भएको थियो ।
यस्तै पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारी र प्रदेशसभा सदस्य उत्तरकुमार वलीको पनि निधन भएको थियो । अधिकारीको क्यान्सरका कारण निधन भएको हो भने वलीको दुर्घटनामा निधन भएको हो ।
२०४८ सालको निर्वाचनमा तत्काली नेकपा एमालेबाट सांसद निर्वाचित भएका पण्डित पछि राजनीतिबाट निस्क्रिय बसेका थिए । यद्यपी २०६४ सालबाट उनी तत्कालीन माअोवदीमा सक्रिय भएका थिए ।