८ बैशाख २०८१, शनिबार
Follow Us

ग्याँस उद्योगी र सरकारबीच ३ बुँदे सहमति (सहमतिपत्र सहित)

नेपालब्रिटेन डट कम्
२१ फाल्गुन २०७५, मंगलवार १४:५३

काठमाडौं –आन्दोलनरत ग्यास उद्योगी र सरकारबीच ३ बुँदे सहमति भएको छ ।

मंगलवार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव सहितको उपस्थितिमा आयल निगमका प्रमुख सुरेन्द पौडेल र ग्याँस उद्योग संघका अध्यक्ष गोकुल भण्डारीबीच भएको तीन बुँदे सहमतिसँगै उद्योगीले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् ।

सहमति अनुसार गत फागुन १७ गते गठित अध्ययन समितिलाई १५ दिनभित्र अध्ययन प्रतिवेदन बुझाइने छ ।
यस्तै ग्याँस तथा पेट्रालियम पदार्थको समग्र सुधारको मार्गचित्र निर्माणका लागि उच्चस्तरिय समिति गठन गर्ने र आन्दोलनका कार्यक्रम स्थगित गरी एलपी ग्याँस विक्री वितरणको प्रक्रिया अघि पनि बढाइने छ ।