April 1, 2020

यसकारण युवतीलाई धोका दिन्छन् पुरुषले

  5th March 2019 मा प्रकाशित

अहिले पनि मान्यता छ कि विवाहित होस् या अविवाहित जोडीको सम्बन्ध टुट्नुमा परुषको स्वभाव र बानी प्रमुख कारण मानिन्छ ।

विवाहित जोडीबीच सम्बन्ध विच्छेद हुनुमा पुरुषको ‘धोकेवाज’ बानीलाई प्रमुख कारण मानिन्छ । यदि यस्तो हो भने पुरुषहरु किन आफ्नो पार्टनरलाई धोका दिन्छन् त ? हालै भएको एक अनुसन्धानमा पुरुषहरुले आफ्नो पार्टनरलाई धोका दिनुको कारणबारे खुलेर बताएका छन् ।

तर धोका दिनुको कारण त्यस्तो छैन जस्तो महिलाहरुले सोच्ने गर्छन् । यानी पुरुषहरु आफ्नो पार्टनरसँग बोर भएर उनीहरुलाई धोका दिँदैनन् ।

सुपरड्रग्स अनलाइन डाक्टरले गरेको सर्भेबाट पत्ता लागेको छ कि पुरुषले आफ्नो पार्टनरलाई धोका दिनुको प्रमुख कारण कोही अरु महिला अधिक आकर्षक लाग्नु हो । २००० भन्दा बढी वयस्क पुरुषहरुमा उक्त सर्भेक्षण गरिएको थियो । सर्भेक्षणमा सहभागी पुरुषहरुले भनेका छन् कि उनीहरु आफ्नो पार्टनरलाई तब धोका दिन्छन् जब उनीहरुलाई आफ्नो पार्टनरभन्दा कोही अरु महिला आकर्षक लाग्छिन् ।

पुरुषहरुले आफ्नो महिला पार्टनरलाई धोका दिनुको अर्को कारण पनि सर्भेक्षणबाट पत्ता लागेको छ । त्यो हो कुनै पुरुषलाई उनको पार्टनरले भन्दा अरु महिलाले बढी ख्याल गर्नु ।

महिलाहरुले भने आफ्नो पार्टनरले आफूप्रति ध्यान निदएकाले धोका दिएको बताउँछन् ।

पुरुषले महिलालाई धोका दिनुको तेस्रो ठूलो कारण ‘सेक्स’ भएको पनि खुलेको छ ।

प्रतिक्रिया