११ बैशाख २०८१, मंगलवार
Follow Us

पूर्व बडामहारानी रत्न अस्पताल भर्ना

नेपालब्रिटेन डट कम्
२१ फाल्गुन २०७५, मंगलवार १५:५०

काठमाडौं–पूर्व मुमा बडामहारानी रत्न शाह अस्ताल भर्ना भएकी छिन् । गत एक सातादेखि रुघा, खोकी लगायतका कारण अस्वस्थ रहेकी ९१ बर्षीय रत्न आज थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएकी हुन् ।

उनको विस्तृत स्वस्थ्य जाँच सुरु गरिसकिएको र उनलाई डा. खगेन्द्रबहादुर श्रेष्ठ, डा. मृगेन्द्रराज पाण्डे, डा. मधु घिमिरे र डा. ब्रजेन्द्र श्रीबास्तवको प्रत्यक्ष रेख देखमा उपचार सुरु गरिएको अस्पतालले जनाएको छ ।