७ बैशाख २०८१, शुक्रबार
Follow Us

राप्रपा नेपालको युरोप शाखामा सुरेन्द्रमान अमात्य

नेपालब्रिटेन डट कम्
२० आश्विन २०७३, बिहीबार १२:००

लन्डन । राप्रपा नेपाल बेल्जियमका संस्थापक नेता सुरेन्द्रमान अमात्यको सर्वसम्मत नेतृत्वमा राप्रपा नेपालको युरोप शाखा गठन भएको छ ।

युरोपभर छरिएर रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालनिकट नेपालीलाई संगठित गर्ने उद्देश्ययले प्रवासी नेपाली एकता समाज युरोप शाखा गठन गरिएको हो । समाजले विहीवार एक विज्ञप्ति जारी गर्दै सुरेन्द्रमान अमात्य (बेल्जियम) को अध्यक्षतामा समिति गठन भएको जनाएको हो ।

राजतन्त्र र हिन्दु राज्यको पक्षमा सक्रिय वकालत गर्दै आएका पाका नेता अमात्यले युरोप शाखा गठन हुनुअघि युरोप प्रतिनिधि भएर काम गरिसकेका थिए ।
२३ सदस्सीय रहेको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रोशन सापकोटा (यूके) र गौरव न्यौपाने (पोर्चुगल) छानिएका छन् ।

समाजले महामन्त्रीमा विक्रम बानियालाई चुनेको छ । छोटो समयमैं नेदरल्याण्डका नेपाली युवाहरूलाई गोलबद्ध गर्दै बलियो संगठन बनाउन सफल बानियाले आम्स्टर्डममा पार्टीको स्थायी कार्यालय नै खोलेर नेतृत्व गर्दै आएका छन् ।

यसैगरी सहमहामन्त्रीमा बिजय शाही (जर्मनी), उपमहामन्त्री भुपाल कार्की (स्कट्ल्यान्ड), कोषाध्यक्ष नरेश कठायत (डेनमार्क), सहकोषाध्यक्ष हरी खत्री (फ्रान्स) छन् भने प्रबक्तामा जर्मनीका गम्भीर उपाध्याय तोकिएका छन् । सदस्यहरुमा अमिर गुरुङ (नेदरल्यान्डस्), मनोज कुमार बानिया (स्विडेन), हेमा लामा (बेल्जियम) नयन मल्ल (नर्वे) धनु ठकुरि (स्विट्जरल्याण्ड) मनोज अधिकारि (अस्ट्रिया), संजय शाह (इटाली) रोशनि शाह (स्पेन), कौस्तुप अधिकारि (डेन्मार्क), भुपाल सिलवाल (स्पेन) अर्जुन ओली (जर्मनी), सुनिता तिवारी (डेन्मार्क), सुनिल खड्का (पोर्तुगल), दिप कुँवर (बेल्जियम) छन् । यस्तै सल्लाहकारमा बिभु मिश्र (स्विडेन), रमेशराज बास्तोला (पोर्तुगल), आकाश थापा (नेदरल्यान्डस्) र सहदेव गौतम (बेल्जियम) लाई मनोनयन गरिएको छ ।

देशप्रेमी, राष्टबादी, हिन्दु धर्म र एकताको प्रतिक राजसंथा लाई मान्ने नेपालीहरु पुनः एक ठाउँमा गोलबन्द हुनुपर्ने आवश्यकता महसुश गर्दै सो समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख छ ।