७ बैशाख २०८१, शुक्रबार
Follow Us

अन्तराष्ट्रिय पर्वत समाज भेला सम्पन्न (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२१ फाल्गुन २०७५, मंगलवार २०:२५

लण्डन । आवसिय नेपाली संघका अध्यक्ष भवन भट्टले मुलुकको समृद्धिको लागि सुरुवात आफैबाट गर्नुपर्ने बताउनु भएको छ । अन्तराष्ट्रिय पर्वत समाजको आयोजना र पर्वत समाज यूएईको व्यवस्थापनमा आयोजना भएको बृहत अन्तराष्ट्रिय भेला तथा साँस्कृतिक कार्यक्रमको उद्घाटन गदै भट्टले यस्तो बनाउनु भएको हो ।

प्रवासमा बसोबास गर्ने प्रत्येक नेपाली समृद्धि मुलुकसँग जोडिने हुँदा विदेशी पुँजीसँगै ज्ञान, सिप र प्रविधि हस्तन्तरण गर्ने सके नेपाललाई समृद्धि बनाउन सकिने बताउनु भयो । गैर आवसिय नेपाली संघले मुलुकको विकासमा जस्तोसुकै त्याग गर्न तयार रहेको उहाँको भनाई छ । उहाँले अबको अभियान भनेको आर्थिक समृद्धिनै हुनुपर्नेमा जोड दिँदै त्यसको नेतृत्व लिन आफुहरु तयार रहेको जिकिर गर्नुभयो । आफ्नो एक मात्र उद्देश्य मुलुकको हितका लागि काम गर्ने भएको उहाँको भनाई छ ।

अध्यक्ष भट्टले देश समुन्नत नभएसम्म व्यक्तिगत अर्थ रहदैन भन्दै मुलुकको समृद्धि गैरआवासीय नेपालीहरुको पनि स्वार्थ भएको बताउनु भयो । अन्तराष्ट्रिय पर्वत समाजले दुवईमा भेला राखेर आफ्नो जन्मभूमि प्रति देखाएको माया र स्नेह अनुकरणिय रहेको बताउँदै पर्वतको विकास र समृद्धिमा आफ्नो क्षेत्रवाट पनि सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा गैर आवसिय नेपाली संघका उपाध्याक्ष कुल आचार्यले समृद्ध नेपाल बनाउने अभियानमा अन्तराष्ट्रिय पर्वत समाज र एनआरएनए लागीरहेको बताउनु भयो । उहाँले मुलुकलाई समृद्ध बनाउन सवै आफ्नो ठाउँवाट लाग्नुपर्नेमा जोड दिनुभयो । संसारभरि फैलिएका पर्वतेहरु समृद्ध पर्वत निर्माणको अभियानमा लागेको बताउँदै यस कार्यक्रमले सवैलाई सन्देश दिएको जिकिर गर्नुभयो । सवैको साथ र सहयोग भएमात्र मुलुक छिट्टै परिर्वतन हुने बताउँदै समृद्ध नेपाल बनाउन एनआरएनए लागि परेको उहाँको भनाई छ । ‘एनआरएनको भिजन भनेको समृद्ध नेपालको निर्माणमा सक्दो योगदान पु¥याउने हो, हामीले विकसित देशमा सिकेको ज्ञान र सीप तथा आर्जेको पूँजी नेपाल र नेपालीको कल्याणमा लगाउन चाहन्छौं–उहाँले भन्नुभयो ।’

कार्यक्रममा अन्तराष्ट्रिय पर्वत समाजका प्रमुख संरक्षक हितकाजी गुरुङले समृद्ध पर्वत निर्माणमा कार्यक्रमले टेवा पुग्ने बताउनु भयो । पर्वतेहरुको पसिना र रगत बगाएर कमाएको पैसाले समृद्ध पर्वतमा खर्च गरिने उद्घोष गर्नुभयो । कार्यक्रममा अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले समृद्ध पर्वत निर्माणमा सवैको साथ र सहयोगले उत्साह थपेको बताउनु भयो । उहाँले आफुलाई कुनै लोभ नभएको जिकिर गदै स्वच्छ मनले पर्वतको विकास र समृद्धिको यात्रा तय गरेको बताउनु भयो । अन्तराष्ट्रिय पर्वत समाजले जिल्लाको विकासको विकास र समृद्धिमा धेरै गरेको बताउँदै आगमी दिनमा पनि यसलाई निरन्तता दिने जिकिर गर्नुभयो । दुवईमा भएको भेलाले एकताको सन्देश दिएको र हौसला प्रदान गरेको उहाँको भनाई छ ।

कार्यक्रममा फलेवास नगरपालिका मेयर पदमपाणी शर्मा, पैयुगाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारी, कुश्मा नगरपालिकाकी उपप्रमुख सिता काफ्ले लामिछाने,जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा पुन, नेपाली, समाज यूएईका चन्द्रप्रसाद सापकोटा, गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिसद यूएईका रमेश श्रेष्ठ, अर्जुनकुमार श्रेष्ठ, गोविन्द सुवेदी, अन्तराष्टि सन्तोष जोशी ‘सुभाष’, मोही शर्मा, पर्वत सेवा समाज यूएईका संरक्षक खिमलाल भुर्तेल,अन्तराष्ट्रिय पर्वत समाजका विनोद पुरी लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा संस्थाको प्रतिवेदन सचिव मणि भुर्तेल र उपाध्याक्ष झलक केसीले घोषणपत्र प्रस्तुत गदै समृद्धि पर्वतको खाका तयार भएको उद्घोष गर्नुभयो । कार्यक्रममा धन्यवाद मन्तव्य नेपाल प्रतिनिधी मुना भुषालले राख्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य पर्वत सेवा समाज यूएईका अध्यक्ष परशुराम पौडेलले राख्नभएको थियो । उक्त कार्यक्रमको संचालन अन्तराष्ट्रिय पर्वत समाजका महासचिव गुणराज शर्माले गर्नुभएको थियो । यसैविच भएको साँस्कृतिक कार्यक्रममा राष्ट्रियस्तरका कलाकार बिमलराज क्षेत्री, कुलेन्द्र विश्वकर्मा, कृष्ण समिप सुवेदी र सुस्मा लोहनीको साँस्कृतिक प्रस्तुती रहेको थियो ।

कार्यक्रममा पर्वतमा जन्मिएका संसार भरि छरिएर रहेका पर्वतेहरु सँगै पर्वतवाट निर्वाचित जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो भने, दुवईमा रहने पर्वतेहरु सँगै नेपालीहरुकोको बाक्लो उपस्थिती रहेको थियो ।