६ बैशाख २०८१, बिहीबार
Follow Us

लण्डनको विभिन्न स्थानमा बम फेला

नेपालब्रिटेन डट कम्
२२ फाल्गुन २०७५, बुधबार ०२:१३

लण्डन । ब्रिटेनको हिथ्रो विमानस्थल, लण्डन सिटी एयरपोर्ट र रेल स्टेसनमा बम फेला परेको छ । जसको स्थानीय प्रहरीले डिस्पोज गरेको छ ।
प्रहरीका अनुसार अज्ञात समूहले ती स्थानमा विस्फोटक पदार्थ छाडेर भागेका थिए । समयमै प्रहरीले त्यसलाई डिस्पोज गर्न सफल हुँदा कुनै मानवीय क्षति नभएको बीबीसीले जनाएको छ ।
अनुसन्धान अधिकारीहरुका अनुसार पोस्टल ब्यागमा निकै चलाखीपूर्ण ढंगले बम राखिएको थियो ।
बमका कारण कुनै उडान र रेल सेवाको आगागमनमा भने कुनै अवरोध नभएको बताइएको छ ।

लण्डनका मेयर सादिक खानका अनुसार बम राख्ने चरमपन्थीहरुको खोजतलास जारी रहेको छ ।