७ बैशाख २०८१, शुक्रबार
Follow Us

पूर्वराजाले रद्द किन गरे मध्य तराईको भ्रमण ?

नेपालब्रिटेन डट कम्
२२ फाल्गुन २०७५, बुधबार ०७:१६

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहको पूर्वनिर्धारित मध्य तराईको भ्रमण स्थगित भएको छ ।
पूर्वराजा ज्ञानेन्द्रका प्रेस संयोजक फणि पाठकले पूर्वराजा ज्ञानेन्द्रले पूर्वनिधारित मध्य तराईको भ्रमण रद्द गरेर बुधबार राजधानी फर्किन लागेको जानकारी दिए । उनका अनुसार आज उनी काठमाडौं फर्किएपछि आमाको हेरचाहमा खटिनेछन् । उनकी आमा पूर्व मुमा बडामहारानी रत्न बिरामी भएर हाल नर्भिक अस्पतालमा भर्ना छिन् ।

शाहले आजदेखि धनूषा, सर्लाही, उदयपूर र सप्तरी जिल्लाको भ्रमण गर्ने कार्यक्रम रहेको थियो ।