८ बैशाख २०८१, शनिबार
Follow Us

प्रधानमन्त्री ओली अस्पताल भर्ना

नेपालब्रिटेन डट कम्
२२ फाल्गुन २०७५, बुधबार ०७:१८

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् ।
प्रधानमन्त्रीका प्रेश संयोजक चेतन अधिकारीले प्रधानमन्त्री ओली नियमित चेकजाँचका क्रममा बुधबार बिहान १० बजे टिचिङ अस्पताल गएको र चिकित्सकले बाहिर भन्दा अस्पतालमै बस्दा राम्रो हुने सुझाव दिएपछि भर्ना गरिएको जानकारी दिए ।
प्रधानमन्त्री निकटस्रोतका अनुसार पछिल्लो समय दौडधूप बढी हुँदा उनलाई थकान महसुस हुने समस्या देखिएको थियो । कुनै समस्या नरहे पनि नियमित उपचारकै लागि प्रधानमन्त्री ओलीलाई २४ घण्टाका लागि अस्पतालमै राखिएको उपचारमा संलग्न डा. अरुण सायमीले जानकारी दिएका छन् ।