७ बैशाख २०८१, शुक्रबार
Follow Us

ओली सरकारलाई झड्का, सरकारलाई दिएको समर्थन फिर्ता लिने राजपाको निर्णय

नेपालब्रिटेन डट कम्
२२ फाल्गुन २०७५, बुधबार १४:२७

काठमाडौं– जिल्ला अदालत कैलालीले टीकापुर घटनामा आरोपी रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल आक्रोशित बनेको छ ।
सो पार्टीको बुधबार बसेको आकस्मिक बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

राजपाले आकस्मिक बैठकपछि जारी गरेको विज्ञप्तिमा फैसलाबाट पार्टी स्तब्ध र मर्माहित भएको उल्लेख गरिएको छ ।
पार्टी अध्यक्षमण्डलका संयोजक महेन्द्रराय यादवले जारी गरेको विज्ञप्तिमा सरकारको एक वर्षे कार्यकाल पूर्णत असफल रहेको ठहर गर्दै सरकारलाई समर्थन दिइरहनुको औचित्य सकिएकाले आजकै मितिदेखि समर्थन फिर्ता लिने निर्णय भएको उल्लेख छ ।