८ बैशाख २०८१, शनिबार
Follow Us

रेशम चौधरीलाई थुनामुक्त गर्न माग

नेपालब्रिटेन डट कम्
२२ फाल्गुन २०७५, बुधबार १४:५६

टीकापुर हत्याकाण्डबारे कैलाली जिल्ला अदालतले बुधबार गरेको फैसलापछि थारुसम्बद्ध विभिन्न संघ संगठनले रेशम चौधरी लगायत ११ जना निर्देश भएको भन्दै उनीहरुलाई राजनीतिक मुद्दा ठान्दै थुनामुक्त गर्न माग गरेका छन् ।

बुधबार थारुहट थारुवान संयुक्त संघर्ष समिति कैलाली, थारुहट थारुवान संयुक्त संघर्ष समिति कञ्चनपुर, थारु कल्याणकारी सभा कैलाली र कञ्चनपुरले संयुक्त विज्ञप्ति जारी गर्दै रेशम चौधरी लगायत ११ जना निर्दोष रहेकाले उनीहरुलाई थुनामुक्त गर्नेतिर राज्यको ध्यान जान जरुरी भएको बताएका हुन् ।

‘सामाजिक सद्भाव कायम गर्ने हो भने निजहरुको मुद्दालाई राजनीतिक मुद्दाको रुपमा लिई निशर्त थुनामुक्त गर्ने वातावरण कायम गर्न राज्यसँग अनुरोध गर्दर्छौ र यस टिकापुर मुद्दा समाधानका लागि सहयोग गर्नुहुने सरोकारवाला सम्पुर्णलाई आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्दै यसै विज्ञप्तिमार्फत धन्यवाद दिन्छौ’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।