८ बैशाख २०८१, शनिबार
Follow Us

काँग्रेस सभापति शेरबहादुर देउवा जिल्ला भ्रमणमा

नेपालब्रिटेन डट कम्
२२ फाल्गुन २०७५, बुधबार १४:५९

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा ५ दिने जिल्ला भ्रमणमा निस्किने भएका छन् । सभापति देउवा फागुन २३ गतेदेखि २८ गेतसम्म जिल्ला भ्रमणमा निस्किन लागेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाकारी दिए ।

पौडेलद्वार जारी विज्ञप्तिमा सभापति देउवा विहीबार (भोली) ११ बजे पूर्वी नेपालको मोरङ जिल्ला प्रस्थान गर्ने छन् ।

उनले ५ दिनको जिल्ला भ्रमणमा मोरङ, कास्की र बाग्लङमा आयोजना हुने विभिन्न कार्यक्रममा सम्बोधनका साथै कार्यकर्तासँग भेटघाट गर्न जनाइएको छ ।

साथै उनले काँग्रेसका तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिसँग छलफलसमेत गर्नु विज्ञप्तिमा जनाइएको छ । पछिल्लो समय देउवा देशदौडाहमा व्यस्त छ । उनी बढी प्रदेश २ मा केन्द्रीत छन् । केही महिना यता देउवाको तल्लो तहका कार्यकर्तासँग भेटघाटमा बाक्लिएको छ ।