१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रधानमन्त्री ओली डिस्चार्ज

नेपालब्रिटेन डट कम्
२२ फाल्गुन २०७५, बुधबार १५:४२

काठमाडौं– उपचारका लागि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको मनमोहन कार्डियो थेरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली बुधबार साँझ डिस्चार्ज भएका छन् ।

ओली नियमित स्वास्थ्य जाँचका लागि बुधबार बिहान अस्पताल भर्ना भएका थिए ।

नको स्वास्थ्य परीक्षण रिपोर्टमा खराबी नदेखिएकाले उनलाई साँझ डिस्चार्ज गरिएको उनको उपचारमा संलग्न प्राडा। अरुण सायमीले जानकारी दिए।