१५ चैत्र २०८०, बिहीबार
Follow Us

सोह्रबुँदे सहमतिलाई आधार बनाएर अघि बढ्नुपर्नेमा जोड

नेपालब्रिटेन डट कम्
२० आश्विन २०७३, बिहीबार १३:५०

मोरङ । मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले राजनीतिक गतिरोध अन्त्यका लागि सोह्रबुँदे सहमतिलाई आत्मसात् गर्नुपर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै नेता गच्छदारले सोह्रबुँदे सहमतिकै आधारमा संविधान जारी भएकाले संविधान कार्यान्वयनका लागि पनि सो सहमतिलाई आधार मानेर दल अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

दलहरुले आत्मालोचना गरेर फेरि पुरानै स्थानमा आउनाको विकल्प नभएको बताउँदै अध्यक्ष गच्छदारले सहमतिबिना संविधान संशोधन र यसको कार्यान्वयन सम्भव नभएकाले सबै दललाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिनुभयो ।