६ चैत्र २०८०, मंगलवार
Follow Us

म्यानचेस्टर युनाइटेडको खेल हेर्न मिस नेपाल श्रृंखला फ्रान्समा

नेपालब्रिटेन डट कम्
२३ फाल्गुन २०७५, बिहीबार १५:०३


लण्डन। मिस नेपाल श्रृंखला खतिवडा च्याम्पियनस लिगको राउण्ड १६ अन्तर्गत म्यानचेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मन (पिएसजी) बीचको खेल हेर्न फ्रान्स पुगेकी छिन्।

नेपाल र फ्रान्सको कुटनीतिक सम्वन्ध रहेको ७० औ बार्षिकाेत्सव मनाउन मिस नेपाल श्रृंखला पेरीस पुगेकी हुन् । हरेक बर्ष नेपाल फ्रान्स द्धिपक्षीय सम्वन्ध कायम राख्न उपस्थित श्रृंखलाले गत विश्वकप विजेता फ्रान्सका खेलाडी तथा म्यानचेस्टर युनाइटेडका आक्रमणकारी मिडफÞील्डर पोग्बा र उक्त क्लबका पूर्ब चर्चित मेनेजर सर एलेक्स फÞर्गुसन सँग तस्विर कैद गर्दै आफ्नो सामाजिक संन्जाल इन्स्ट्राग्राममा केहि तस्विरहरु सार्वजनिक गरेकी छिन् ।

उक्त खेल सुरु भएको २ मिनटमा म्यानचेस्टर युनाइटेडका लुकाकुले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । बेल्जियमका राष्ट्रिय खेलाडी लुकाकुलाई सन् २०१६ मा पाँच बर्षकालागि करिब नेपाली रुपैयाँ ६८ करोडमा करिद गरिएको हो । हाल लुकाकको मुल्य नेपाली रुपैयाँ एक अर्ब पच्चिस करोड तोकिएको छ । खेलको १२ औ मिनटमा पिएसजीका बनाटले आफ्नो तर्फबाट गोल गर्दै खेललाई केहि समयकालागि बराबरीमा लगेका थिए । बनाटको बराबरी खेललाई पुन लुकाकुले ३० औ मिनटमा गोल गर्दै मेनुलाई अग्रता दिलाएका थिए । अन्तिम चरणको ९४ औ मिनटमा मेनुका डालोटले विपक्ष टिमका पोष्टमा प्रहार गरेको बल सानो डिबक्सभित्र डिफÞेण्डरको हातमा अचानक ठोकिन पुग्दा मेनुले पेनाल्टि सट गर्ने सुवर्ण अवसर पाएका थिए । उक्त अवसरलाई मेनुका रासफोर्डले गोल गरी ३–१ ले म्यानचेस्टर युनाइटेड विजयी भएको हो ।

गत महिना म्यानचेस्टर युनाइटेडको फुटबल प्रांगणमा भएको प्रतिस्पर्धात्मक खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी) ले म्यानचेस्टर युनाइटेड लाई २–० हराएका थिए । समग्रमा दुवै टिमका ३–३ गोल भए पनि च्याम्पियन लिग खेलको नियम अनुसार आफ्नो फुटबल प्रागणमा मेनुले २–० ले पराजय भोग्नु परे पनि पिएसजीको फुटबल प्रागणमा ३–१ ले विजयी भएका कारण सन् २०१९ को च्याम्पियन लिगको उपाधि चुम्ने पेरिस सेन्ट जर्मन (पिएसजी) को सपनालाई तुहाई दिएका छन् भने म्यानचेस्टर युनाइटेड च्याम्पियन लिगको क्वाटर फाईनलमा प्रवेश गरेका छन् ।